जेसन रोयको १५० रनमा इंग्ल्यान्डले बंगलादेशलाई दियो ३८७ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-२५

ओपनर जेसन रोयले १५० रन प्रहार गरेसँगै घरेलु टोली इंग्ल्यान्डले विश्वकप आफ्नो तेश्रो खेलमा बंगलादेशलाई ३८७ रनको विशाल लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको इंग्ल्यान्डले ५० ओभरमा छ विकेट गुमाएर ३८६ रन बनायो ।

शुरुवात देखि नै आक्रमक खेलेका ओपनर जेसन रोयले इंग्ल्यान्डको लागि सर्वाधिक १५३ रन बनाए । १२१ बलको सामना गरेका उनले १४ चौका र पाँच छक्का प्रहार गरे । रोयले पहिलो विकेटका लागि ५० बलमा ५१ रन बनाएका अर्का ओपनर जोनी बेरस्टोवसँग मिलेर १९ दशमलब एक ओभरमा १२८ रन बनाएर इंग्ल्यान्डलाई राम्रो शुरुवात दिए ।

इंग्ल्यान्डका अन्य ब्याट्सम्यानमा जस बटलरले ४४ बलको सामना गर्दै दुई चौका र छ छक्काको मद्धतमा ६४ रन, जो रुट २९ बलमा २१ रन तथा कप्तान इओन मोर्गन ३३ बलमा ३५ रन बनाएर आउट भए ।

त्यस्तै अविजित रहेका लियाम प्लनकेट र क्रिस ओक्सले अविजित रहँदै क्रमस नौं बलमा २७ तथा आठ बलमा १८ रनको पारी खेले । उनीहरुले अन्तिम २.५ ओभरमा ४५ रन जोडे ।