पाकिस्तान र श्रीलंका बिचको खेल वर्षाका कारण रद्ध
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-२४

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप अन्तर्गत पाकिस्तान र श्रीलंका बिचको खेल वर्षाका कारण रद्ध भएको छ । शुरुवात देखि नै लगातारको वर्षाका कारण ब्रिस्टोलमा भएको खेलमा टस पनि हुन सकेन र दुबै टोलीले १-१ अंक बाँढेका छन् ।

समान ३-३ खेल खेलेका पाकिस्तान र श्रीलंकाको एक जीत, एक हार र एक बराबर रहेको छ । दुबै टोलीको अंक तालिकामा समान ३-३ अंक भएता पनि राम्रो रन रेटका आधारमा श्रीलंका तेश्रो तथा पाकिस्तान चौथों स्थानमा रहेका छन् ।

पाकिस्तानले आफ्नो पहिलो खेलमा वेस्ट इण्डिजसँग सात विकेटको हारको सामना गरेको थियो भने दोश्रो खेलमा आयोजक रास्ट्र इंग्ल्यान्डलाई १४ रनले पराजित गरेको थियो ।

त्यस्तै आफ्नो पहिलो खेलमा न्युजिल्याण्डसँग १० विकेटको फराकिलो हार व्यहोरेको श्रीलंकाले दोश्रो खेलमा अफगानिस्तान माथी डकवर्थ लुइस नियममा ३४ रनको जीत दर्ता गराएको थियो ।