दक्षिण अफ्रिकालाई ठुलो झट्का, डेल स्टेन विश्वकपबाट बाहिर
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-२१

विश्वकप अन्तर्गत भारत बिरुद्धको खेल अगाडी दक्षिण अफ्रिकालाई ठुलो झट्का लागेको छ ।

दक्षिण अफ्रिकाका तिब्र गतिका बलर डेल स्टेन चोटका कारण विश्वकपबाट बाहिर भएका छन् । हालै सम्पन्न इन्डियन प्रिमिएर लिग (आईपिएल) का क्रममा काँधमा लागेको चोटका कारण स्टेनले घरेलु टोली इंग्ल्यान्ड र बंगलादेशसँगको खेल पनि गुमाएका थिए ।

दक्षिण अफ्रिका पहिलो खेलमा इंग्ल्यान्डसँग १०४ तथा दोश्रो खेलमा बंगलादेशसँग २१ रनले पराजित भएको थियो । दक्षिण अफ्रिकाले यदि विश्वकपमा रहिरहने हो भने भारत बिरुद्धको खेलमा जीत निकाल्नै पर्ने हुन्छ । यसका लागि अनुभबी स्टेनको योगदान महत्वपुर्ण हुने थियो ।

भारत बिरुद्धको खेलका लागि उनी फिट हुने बताइएता पनि चोटमा कुनै प्रगती नभए पछि दक्षिण अफ्रिकाले उनको स्थानमा बायाँ हाते तिब्र गतिका बलर बेउरन हेनड्रिक्सलाई आफ्नो टोलीमा समावेस गरेको छ ।