भारत माथि न्युजिल्यान्डको सहज जीत
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-११

रोस टेलर र कप्तान केन विलियमसनको अर्धशतकको मद्धतमा विश्वकप अन्तर्गत भारत बिरुद्धको अभ्यास खेलमा न्युजिल्यान्डले छ विकेटको सहज जीत हात पारेको छ ।

जीतका लागि १८० रनको सामान्य लक्ष्य लिएर ब्याटिंग गर्न आएको न्युजिल्यान्डले ३७ दशमलब एक ओभरमा चार विकेट गुमाएर जीत आत्मसाथ गर्यो ।

न्युजिल्यान्डको जीतमा रोस टेलर र केन विलियमसनले तेश्रो विकेटका लागि ११४ रनको शाझेदारी गरे । ७५ बलको सामना गरेका टेलरले आठ चौकाको मद्धतमा सर्वाधिक ७१ रन बनाए भने विलियमसनले पनि ६७ रनको योगदान दिए ।

यस अघि खेलमा टस जीतेर पहिले ब्याटिंग गरेको भारतले ३९ दशमलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र १७९ रन बनाउन सक्यो ।

एक पछि अर्को विकेट गुमाएको भारतको लागि आठौं नम्बरमा ब्याटिंग गर्न आएका रविन्द्र जडेजाले सर्वाधिक ५० रन बनाए । ५० बलको सामना गरेका उनले छ चौका र दुई छक्का प्रहार गरे । जडेजा बाहेक हार्दिक पाण्डयाले पनि ३० रनको योगदान दिए ।

भारतका अन्य ब्याट्सम्यानहरुमा ओपनरद्वय रोहित शर्मा र शिखर धवन समान २-२, कप्तान बिराट कोहली १८, राहुल शर्मा छ, विकेट किपर महेन्द्र सिंह धोनी १७ तथा दिनेश कार्तिक चार रन बनाएर आउट भए ।

भारतलाई सस्तैमा समेट्ने क्रममा ट्रेन्ट बोल्टले सर्वाधिक चार विकेट लिए भने जेम्स नीस्हमले पनि आफ्नो नाममा तीन विकेट दर्ता गराए ।