सन्दिपसँगै दिपेन्द्र, सोमपाल र रोहित क्यारेबियन प्रिमिएर लिगको ड्राफ्टमा
क्रीकेटिङ्ग नेपाल     २०७६-०२-०१

नेपाली राष्ट्रिय क्रिकेट टोलीका चारजना युवा खेलाडीहरु सन्दिप लामिछाने, सोमपाल कामी, रोहित कुमार पौडेल र दिपेन्द्र सिंह ऐरी क्यारेबियन प्रिमिएर लिग (सिपिएल) को ड्राफ्टमा परेका छन् ।

सिपिएलले आज सार्वजनिक गरको २० देशका ५३६ खेलाडीको सुचीमा सन्दिपसँगै अलराउण्डर दिपेन्द्र, मध्यक्रमका ब्याट्म्यान रोहित र तिब्र गतिका बलर सोमपालको नाम आएको हो ।

युवा लेग स्पिनर सन्दिपले गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए । सन्दीपलाई गत वर्ष प्याट्रियट्सले ५ हजार अमेरिकी डलरमा आफ्नो टोलीमा अनुबन्ध गरेको थियो ।

६ टोली रहेको सिपिएल मे २२ मा लन्डनमा ड्राफ्ट सुरु हुने छ भने यस संस्करण आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म वेस्ट इन्डिजमा चल्ने छ ।

क्रिकेटिंगनेपालसँग कुरा गर्दै सोमपाल कामीले आफ्नो पाकिस्तानी एजेन्टले ड्राफ्टमा परेको भनेर खबर गरेको भएता पनि अन्य जानकारी पाउन भने बाँकी रहेको बताए ।