डब्लुसिएलको ड्राफ्ट सम्पन्न
क्रीकेटिङ्ग नेपाल     २०७६-०१-३१

क्विन्स इभेन्ट्स प्रालीको आयोजनामा हुन लागेको वोमेन च्याम्पियन लिग (डव्लुसिएल) को लागि ड्राफ्ट सम्पन्न भएको छ । नेपालमा पहिलो पटक ड्राफ्ट मार्फत खेलाडी छनोट गरिएको हो ।

डब्लुसिएलका लागि १०७ जनाले आफ्नो नाम दर्ता गराएको मा आज ड्राफ्ट मार्फत ५५ खेलाडी छनोट गरिएको हो । प्रतियोगितामा सहभागी पाँच टोलीहरुमा प्रत्येक टोलीले ड्राफ्ट मार्फत ११-११ जना खेलाडी छनोट गरेका हुन् ।

आयोजकले खेलाडी डायमण्ड, सफायर, रुबिज र वाइल्ड कार्ड इन्ट्री गरी चार श्रेणीमा विभाजन गरेको थियो । डायमण्ड श्रेणीमा अहिले राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडीहरू पर्ने छन् । यस्तै रुबिजमा राष्ट्रिय टोलीबाट कुनै पनि अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरिसकेका र सफायरमा क्षेत्र वा प्रदेशबाट राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीहरू पर्ने छन् । वाइल्ड कार्ड इन्ट्रीमा ट्यालेन्ट हन्टमार्फत छनोट भएर आएका खेलाडीहरू पर्ने छन् । प्रतियोगितामा सहभागी प्रत्येक टोलीले दुई-दुई जना वाइल्ड कार्ड इन्ट्रीका खेलाडीलाई समावेश गर्नुपर्ने छ ।

आयोजकले यस अघि नै प्रतियोगिताको नयाँ मिति पनि सार्वजनिक गरिएको थियो । शुरुमा जेष्ठ तीनबाट ११ गते सम्म आयोजना हुने भनिएको प्रतियोगिता असोज तीनबाट १२ गते सम्म सन्चालन हुने पनि आयोजकले जनाएका छन् ।

ड्राफ्टमा छनोट भएका खेलाडीहरु :

१. काजल श्रेष्ठ – चितवन राइनोज – डायमन्ड
२. ज्योती पाण्डे – विराटनगर टाइटन्स – रुबीज
३. कविता कुवँर – पोखरा पल्टन – डायमन्ड
४. ममता चौधरी – ललितपुर फाल्कन्स – डायमन्ड
५. अप्सरी बेगम – क्याट क्वीन्स – डायमन्ड
६. रोमा थापा – क्याट क्वीन्स – डायमन्ड
७. करुणा भण्डारी – ललितपुर फाल्कन्स – डायमन्ड
८. अन्जली चन्द – पोखरा पल्टन – रुबीज
९. सोनु खड्का – विराटनगर टाइटन्स – डायमन्ड
१०. रितु कनौजिया – चितवन राइनोज – डायमन्ड
११. सुमन विष्ट – क्याट क्वीन्स – सफाएर
१२. कविता जोशी – ललितपुर फाल्कन्स – सफाएर
१३. डली भट्ट – विराटनगर टाइटन्स – रुबीज
१४. सुमन खतिवडा – चितवन राइनोज – सफाएर
१५. रुबी पोद्दार – पोखरा पल्टन – सफाएर
१६. विन्दु रावल – पोखरा पल्टन – डायमन्ड
१७. रेखा रावल – चितवन राइनोज – रुबीज
१८. लक्ष्मी चौधरी – विराटनगर टाइन्टस – रुबीज
१९. सरिता दिस्वा मगर – ललितपुर फाल्कन्स – रुबीज
२०. रश्मी शर्मा चौलागाईं – क्याट क्वीन्स – रुबीज
२१. सरस्वती पुन – चितवन राइनोज – सफाएर
२२. अनुराधा चौधरी – पोखरा पल्टन – रुबीज
२३. कृती सेन – ललितपुर फाल्कन्स – सफाएर
२४. अारती विडारी – विराटनगर टाइटन्स – डायमन्ड
२५. संगीता राई – क्याट क्वीन्स – रुबीज
२६. सरस्वती चौधरी – क्याट क्वीन्स – रुबीज
२७. सबनम राई – विराटनगर टाइटन्स – रुबीज
२८. रोशनी बोहोरा – ललितपुर फाल्कन्स – रुबीज
२९. रेवती धामी – पोखरा पल्टन – सफाएर
३०. अस्मिता खरेल – चितवन राइनोज – सफाएर
३१. प्यारी चौधरी – चितवन राइनोज – सफाएर
३२. सीमा थापा – ललितपुर फाल्कन्स – सफाएर
३३. नितु भण्डारी – क्याट क्वीन्स – सफाएर
३४. मञजुकुमारी बोगटि – पोखरा पल्टन – सफाएर
३५. कृतिका मरासिनी – विराटनगर टाइटन्स – सफाएर
३६. अस्मिना कर्माचार्य – विराटनगर टाइटन्स – सफाएर
३७.राजमती ऐरी – पोखरा‌ पल्टन – सफाएर
३८. ममता थापा – क्याट क्वीन्स – रुबीज
३९. गीता गोसाई – ललितपुर फाल्कन्स – सफाएर
४०. कन्चन श्रेष्ठ – चितवन राइनोज – सफाएर
४१. ईश्वरी विष्ट – क्याट क्वीन्स – सफाएर
४२. सरस्वती घर्ती मगर – पोखरा पल्टन – सफाएर
४३. शान्तिकुमारी चौधरी – ललितपुर फाल्कन्स – सफाएर
४४. सन्तोषी चौधरी – चितवन राइनोज – रुबीज
४५. शर्मीला रोका मगर – विराटनगर टाइटन्स – सफाएर
४६.सन्जु लामा – चितवन राइनोज – सफाएर
४७. सम्झना खड्का – ललितपुर फाल्कन्स – सफाएर
४८. नविना खड्का – पोखरा पल्टन – सफाएर
४९. लक्ष्मी साउद – क्याट क्वीन्स – सफाएर
५०. मनीषा राना – क्याट क्वीन्स – सफाएर
५१. निशा भट्ट – पोखरा पल्टन – सफाएर
५२.अलिशा केसी – ललितपुर फाल्कन्स – सफाएर
५३. सावित्रा जिसी – चितवन राइनोज – सफाएर
५४. प्रतिक्षा बस्याल – विराटनगर टाइटन्स – रुबीज
५५. कृष्मा गुरुङ – विराटनगर टाइटन्स – सफाएर