विश्वकप विशेष : एकदिवसीय विश्वकपमा सर्वाधिक रन बनाउने १० खेलाडी
क्रीकेटिङ्ग नेपाल     २०७६-०१-३०

विश्वकपमा उत्कृस्ट प्रदर्शन गर्दै धेरै भन्दा धेरै रन बनाउने हरेका क्रिकेटरको सपना हुन्छ । खराब फर्म र राम्रो बलिङ्गका कारण कोही असफल हुन्छन् भने कति खेलाडीहरु उत्कृष्ट ब्याटिङ्ग प्र्रदर्शन गर्दै रनको पहाड नै खडा गर्दै इतिहासमा आफ्नो नाम लेखाउन सफल हुन्छन् ।

कति खेलाडीहरु उत्कृस्ट र नाम चलेका ब्याट्सम्यान भएता पनि विश्वकपमा आफ्नो छाप छाड्न असफल हुन्छन् भने कतिले अन्य समयमा राम्रो गर्न नसकेता पनि विश्वकपमा भने किर्तिमान बनाउँदै आफ्नो नाम लेखाउन सक्छन् ।

हेरौ क्रिकेट विश्वकप इतिहासका १० खेलाडी जसले उत्कृष्ट प्रदर्शन गर्दै इतिहासमा आफ्नो नाम लेखाएका छन् ।

१०. ज्याक कालिस (दक्षिण अफ्रिका) २००७ विश्वकपमा ४८५ रन

सन् २००७ को विश्वकप बाया हाते ब्याट्स्म्यान कालिसले पूर्णत आफ्नो बनाएका थिए । कालिसले ८० दशमलव ३३ को औसतमा कुल ४८५ रन बनाएका थिए । कालिसका साथै एबि डिभिलियर्स र ग्रेम स्मिथको उच्च प्रदर्शनको मद्दतमा नै दक्षिण अफ्रिका वेष्ट इन्डिजमा भएको विश्वकपको नकआउट राउण्डमा प्रवेश गरेको थियो । तर निकै नै एकपक्षीय सेमिफाइनलमा दक्षिण अफ्रिका अष्ट्रेलियाको हातबाट पराजित हुन पुग्यो ।

९. स्कट स्टाइरिस (न्युजिल्याण्ड) २००७ विश्वकपमा ४९९ रन

कालिससँगै विश्वकपमा उच्च फर्ममा रहेका अर्का खेलाडी थिए अलराउण्डर स्टाइरिस । उनले ८३ दशमलव १६ को औसतमा कुल ४९९ रन बनाएका थिए । यस क्रममा उनले श्रीलंकाबिरुद्ध नटआउट १ सय ११ रन पनि प्रहार गरेका थिए । तर सेमिफाइनलको उक्त खेलमा श्रीलंकासँग पराजित हुदै न्युजिल्याण्ड फाइनल प्रवेश गर्नबाट बञ्चित भएको थियो । स्टाइरिसले उक्त विश्वकपमा ९ विकेट पनि लिएका थिए ।

८. तिलकरत्ने दिल्शान (श्रीलंका) २०११ विश्वकपमा ५०० रन

श्रीलंका भारतीय उपमहाद्विपमा भएको विश्वकपमा श्रीलंका फाइनलसम्म प्रवेश गर्दा प्रमुख खेलाडी दिल्शान थिए । उनले ६२ दशमलव ५० को औसतमा ५०० रन बनाएका थिए । जिम्बाब्वेबिरुद्ध १ सय ४४ रन बनाएका दिल्शानले प्रतियोगितामा कुल दुई शतक ठोकेका थिए । दिल्शानसँगै माहेला जयावद्र्धने, उपुल थारँगा र कुमार साँगाकाराले श्रीलंकाका लागि निकै प्रभावशाली प्रदर्शन गरेका थिए ।

७. सचिन तेन्दुल्कर (भारत) १९९६ विश्वकपमा ५२३ रन

१९९६ मा भारतीय उपमहाद्विपमा भएको अर्को विश्वकपमा सचिनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी विश्कपमा ५ सय रन प्रहार गर्ने पहिलो खेलाडी पनि बनेका थिए । उनले ८५ दशमलव ८७ को औसतमा कुल ५ सय २३ रन बनाएका थिए । उनको स्ट्राइक रेट पनि ८६ रहेको थियो ।

दुई शतक प्रहार गरेका सचिनले श्रीलंकाबिरुद्धको खेलमा १ सय ३७ रन बनाएका थिए । तर दिल्लीमा भएको उक्त खेल भारतले हारेको थियो । सचिनले केन्याबिरुद्ध पनि १ सय २७ रन बनाए भने अष्ट्रेलियाबिरुद्ध ९० र श्रीलंकाबिरुद्धकै सेमिफाइनलमा ६५ रन बनाएका थिए । सेमिफाइनलमा पनि भारत श्रीलंकासँग पराजित भएको थियो ।

६. रिक्की पोन्टिङ्ग (अष्ट्रेलिया) २००७ विश्वकपमा ५३९ रन

क्रिकेट इतिहासका सबैभन्दा सफलमध्येका एक कप्तान पोन्टिङ्गले आफ्नो उत्कृष्ट प्रदर्शनलाई कायम राख्दा अष्ट्रेलियाले लगातार तेश्रो पटक विश्वकपको उपाधि जितेको थियो । उनले वेष्ट इन्डिजमा भएको विश्वकपमा कुल ५ सय ३९ रन बनाएका थिए । ६७ औसत रहेको पोन्टिङ्ग एक शतक र चार अद्र्धशतक प्रहार गरेका थिए । पोन्टिङ्गको रन संख्यभन्दा पनि उनको नेर्तत्व शैलिले गर्दा अष्ट्रेलिया सफल क्रिकेट राष्ट्र भएको धेरैले मान्ने गरेका छन् ।


५. कुमार साँगाकारा (श्रीलंका) २०१५ विश्वकपमा ५४१ रन

श्रीलंकाको आधुनिक क्रिकेटका उत्कृष्ट ब्याट्स्म्यान कुमार साँगाकाराले २०१५ को विश्वकपमा रेकर्डमाथि रेकर्ड तोड्दै कुल ५ सय ४१ रन बनाए । उनको औसत १ सय २४ को रहेको थियो । उक्त विश्वकपमा बाया हाते साँगाकाराले लगातार चार म्याचमा चार शतक ठोक्दै इतिहास कायम गरे । यो विश्कप इतिहासको मात्र नभएर एकदिवसीय क्रिकेट इतिहासमा पनि किर्तिमान रह्यो र अहिलेसम्म पनि कायम छ । एकदिवसीयबाट साँगाकाराले एकदिवसीय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए । उनको उच्चतम योगफल १ सय २४ रनको रह्यो ।

४. मार्टिन गप्टिल (न्युजिल्याण्ड) २०१५ विश्वकपमा ५ सय ४७ रन

कुमार साँगाकाराभन्दा एक म्याच मात्र बढी खेलेका गुप्टिल सन् २०१५ को सर्वाधिक स्कोरकर्ता रहे । न्युजिल्याण्ड र अष्ट्रेलियामा भएको विश्वकपमा गप्टिलले ९ म्याच खेल्दै ६८ दशमलव ३७ को औसतमा ५४७ रन बनाएका थिए । यस क्रममा उनले वेष्ट इण्डिजबिरुद्धको खेलमा २ सय ३७ रन पनि प्रहार गरे र यो विश्वकप इतिहासको अहिलेसम्मकै सर्वाधिक योगफल हो । उनले कुल दुई शतक र एक अद्र्धशतक प्रहार गरेका थिए । गप्टिलले ब्याटिङ्गबाट ठूलो योगदान दिएपनि न्युजिल्याण्डलाई विश्वकप जिताउन पर्याप्त भने रहेको थिएन । फाइनलमा न्युजिल्याण्ड अष्ट्रेलियासँग नराम्ररी पराजित हुन पुग्यो ।

३. माहेला जयावद्र्धने (श्रीलंका) २००७ विश्वकपमा ५४८ रन

श्रीलंकन क्रिकेट लिजेण्ड जयावद्र्धने सन् २००७ को विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा दोश्रो स्थानमा रहे । उनले ६० दशमलव ८८ को औसतमा कुल ५ सय ४८ रन बनाए । यस क्रममा उनले एक शतक र चार अद्र्धशतक प्रहार गरेका थिए ।

जयावद्र्धनेको कप्तानीमै श्रीलंका सन् १९९६ पछि दोश्रो पटक क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । तर एकपक्षीय फाइनलमा श्रीलंका अष्ट्रेलियासँग पराजित हुन पुग्यो । सन् २०११ मा श्रीलंका लगातार दोश्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । उक्त फाइनलमा जयावद्र्धनेले शतक प्रहार गरेपनि भारतसँग पराजित हुन पुगेको थियो ।

२. म्याथ्यु हेडन (अष्ट्रेलिया) २००७ विश्वकपमा ६५९ रन

बाया हाते आक्रमक ओपनर हेडन २००७ को विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सुचिमा पहिलो नम्बरमा रहे । हेडनले १०१ दशमलव ६७ को स्ट्राइक रेट र ७३ दशमलव २२ को औषतमा कुल ६ सय ६९ रन बनाएका थिए । उनी एक विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको अग्रस्थानमा रहनबाट मात्र ५ रनले चुकेका थिए ।

निकै नै निरस रहेको २००७ विश्वकपलाई हेडनकै आक्रमक ब्याटिङ्गले जिवित राखेको थियो । तीन शतक ठोकेका हेडनले घरेलु टोली वेष्ट इण्डिजबिरुद्ध सर्वाधिक १ सय ५८ रन बनाएका थिए । उनको आक्रमक ब्याटिङ्गले फाइनलसम्म स्थान बनाएको अष्ट्रेलियाले एडम गिल्क्रिष्टको उत्कृष्ट इनिङ्गसको मद्दतमा फाइनल जितेको थियो ।

१. सचिन तेन्दुल्कर (भारत) २००३ विश्वकपमा ६७३ रन

विश्वकप इतिहासको सर्वाधिक रन बनाउने १० खेलाडीहरुको सचिमा दुई पटक स्थान ओगट्नु सचिन क्रिकेटका लिजेण्ड भएको एक उदाहरण हो । सन् २००३ को विश्वकपमा उनले ६१ दशमलव १८ को औषतमा ६ सय ७३ रन बनाएका थिए । आफूले खेलेका झण्डै सबै टिमबिरुद्ध रन बनाएका सचिन अष्टे«लियबिरुद्धका दुवै खेलमा चुकेका थिए –– एक फाइनल सहित ।

सचिनले उक्त विश्वकपमा एक शतक सहित किर्तिमानी ६ अद्र्धशतक प्रहार गरेका थिए । उनले नामिबियाबिरुद्ध १ सय ५२ रन बनाएका थिए । उनको सबैभन्दा यादगार इनिङ्गस पाकिस्तानबिरुद्ध समुह चरणमा बनाएको ९८ रन रहेको थियो भने श्रीलंकाबिरुद्ध उत्कृष्ट ब्याटिङ्गको नमुना प्रस्तुत गर्दै ९७ रन बनाएका थिए । पाकिस्तानी तिब्र गतिका बलर शोएब अख्तरले फालेका ९७ माइल प्रति घण्टाको बलमा उनले अपर कट गर्दै थर्ड म्यानमा प्रहार गरेको छक्का उक्त विश्वकपको उत्कृष्ट क्षणमा गनिने गर्छ ।