आईपिएल फाइनल - चेन्नाईका बलर सामू निरिह मुम्बई, दियो १५० रनको मध्यम लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०१-२९

१२औं संस्करणको इन्डियन प्रिमिएर लिग (आईपिएल) को उपाधि रक्षाका लागि डिफेन्डिंग च्याम्पियन चेन्नाई सुपर किंग्सले १५० रनको लक्ष्य पाएको छ । चेन्नाईका बलरहरु हाबी हुँदा तीन पटकको विजेता मुम्बई इन्डियन्सले चेन्नाईलाई मात्र १५० रनको लक्ष्य प्रस्तुत गर्न सक्यो ।

खेलमा टस जितेर पहिले ब्याटिंग गरेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाएर १४९ रन बनाउन सक्यो ।

मुम्बईको तर्फबाट कैरन पोलार्डले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । २५ बलको सामना गरेका उनले समान ३-३ चौका र छक्का प्रहार गरे । पोलार्ड बाहेक मुम्बईका अन्य ब्याट्सम्यानमा ओपनर तथा विकेट किपर क्विन्टन डि कक २९, कप्तान रोहित शर्मा र सुर्य कुमार यादव समान १५-१५, इशान किशान २३ तथा हार्दिक पाण्डया १६ रन बनाएर आउट भए ।

मुम्बईलाई मध्यम स्कोरमा रोक्ने क्रममा चेन्नाईका दिपक चाहारले सर्वाधिक तीन विकेट लिए भने शार्दुल ठाकुर र इमरान ताहिरले पनि समान २-२ विकेट आफ्नो नाममा दर्ता गराए ।

पहिलो क्वालिफायर्समा चेन्नाईलाई छ विकेटले पराजित गर्दै मुम्बाई फाइनलमा प्रवेस गरेको हो भने चेन्नाई दोश्रो क्वालिफायर्समा दिल्ली क्यापिटल्सलाई छ विकेटले नै पाखा लगाउँदै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।