सन्दिपको टोली दिल्ली माथी सहज जीत निकाल्दै धोनीको चेन्नाई फाइनलमा
क्रीकेटिङ्ग नेपाल     २०७६-०१-२७

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स माथी छ विकेटको सहज जीत निकाल्दै डिफेन्डिंग च्याम्पियन चेन्नाई सुपर किंग्स इन्डियन प्रिमिएर लिग (आईपिएल) को फाइनल प्रवेस गरेको छ । चेन्नाईले अब उपाधीका लागि आइतबार हैदरबादमा हुने फाइनल खेलमा मुम्बईको सामना गर्नेछ ।

दोश्रो क्वालिफायर्स खेलमा १४८ रनको सामान्य लक्ष्य लिएर ब्याटिंग गर्न आएको चेन्नाईले १८ दशमलब छ ओभरमा चार विकेटको नोक्सानीमा जीत आत्मसाथ गर्यो ।

चेन्नाईको जीतमा ओपनरद्वय फाफ डु प्लेसिस र शेन वाटसनले समान ५०-५० रनको पारी खेले । डु प्लेसिसले ३९ तथा वाटसनले ३२ बलको सामना गर्दै गर्दै क्रमसः सात चौका र एक छक्का तथा तीन चौका र चार छक्का प्रहार गरे । उनीहरुले पहिलो विकेटका लागि १० दशमलब दुई ओभरमा ८१ रन जोड्दै चेन्नाईलाई उत्कृस्ट शुरुवात दिए । त्यस्तै चेन्नाईको जीतमा अम्बाती रायुडूले पनि अविजित २० रन जोडे ।

यस अघिखेलमा टस हारेर पहिले ब्याटिंग गरेको दिल्लीले २० ओभरमा नौं विकेटको नोक्सानीमा १४७ रन बनाउन सक्यो ।

दिल्लीको लागि विकेट किपर ब्याट्सम्यान ऋषब पन्तले सर्वाधिक ३८ रन बनाए । दिपक चाहारको बलमा आउट भएका उनले २५ बलको सामना गर्दै दुई चौका र एक छक्का प्रहार गरे ।

पन्त बाहेक दिल्लीका अन्य ब्याट्सम्यानहरुमा ओपनर शिखर धवन १८, कोलिन मुन्रो २७, कप्तान श्रेयस अयेर १३, शेर्फान रुथरफोर्ड १० रन तथा इशान्त शर्माले तीन बलमा समान १-१ चौका र छक्का प्रहार गर्दै अविजित १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दिल्लीको पारी धोस्त पार्ने क्रममा चेन्नाई ड्व्यन ब्राभो,दिपक चाहार, रविन्द्र जडेजा र हरभजन सिंहले समान दुई-दुई विकेट हात पारे भने इमरान ताहिरले पनि समान एक एक विकेट हात पारे । किफायती बलिंग गरेका ब्राभोले चार ओभरमा मात्र १९ रन खर्चिए भने चाहारलेर सिंहले चार-चार ओभरमा नै क्रमसः २८ तथा ३१ रन खर्चिए । त्यस्तै जडेजाले तीन ओभरमा २३ रन दिए ।