दिल्लीको सामान्य ब्याटिंग, चेन्नाईलाई फाइनल प्रवेसका लागि १४८ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०१-२७

इन्डियन प्रिमिएर लिगको फाइनल प्रवेसका लागि डिफेन्डिंग च्याम्पियन चेन्नाई सुपर किंग्सले १४८ रनको लक्ष्य पाएको छ । चेन्नाईका बलरहरु हाबी हुँदा दिल्लीले मात्र १४७ रन बनाउन सके पछि चेन्नाईले १४८ रनको मध्यम लक्ष्य पाएको हो ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको दिल्लीले २० ओभरमा नौं विकेटको नोक्सानीमा १४७ रन बनाउन सक्यो ।

दिल्लीको लागि विकेट किपर ब्याट्सम्यान ऋषब पन्तले सर्वाधिक ३८ रन बनाए । दिपक चाहारको बलमा आउट भएका उनले २५ बलको सामना गर्दै दुई चौका र एक छक्का प्रहार गरे ।

पन्त बाहेक दिल्लीका अन्य ब्याट्सम्यानहरुमा ओपनर शिखर धवन १८, कोलिन मुन्रो २७, कप्तान श्रेयस अयेर १३, शेर्फान रुथरफोर्ड १० रन तथा इशान्त शर्माले तीन बलमा समान १-१ चौका र छक्का प्रहार गर्दै अविजित १० रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

दिल्लीको पारी धोस्त पार्ने क्रममा चेन्नाई ड्व्यन ब्राभो,दिपक चाहार, रविन्द्र जडेजा र हरभजन सिंहले समान दुई-दुई विकेट हात पारे भने इमरान ताहिरले पनि समान एक एक विकेट हात पारे । किफायती बलिंग गरेका ब्राभोले चार ओभरमा मात्र १९ रन खर्चिए भने चाहारलेर सिंहले चार-चार ओभरमा नै क्रमसः २८ तथा ३१ रन खर्चिए । त्यस्तै जडेजाले तीन ओभरमा २३ रन दिए ।

आजको खेलमा जीत हात पार्ने टोलीले आइतबार हैदरबादमा हुने फाइनल खेलमा मुम्बईको सामना गर्नेछ ।