रोमान्चक खेलमा दुई विकेटको जीत निकाल्दै दिल्ली क्वालिफायर्समा, फाइनल प्रवेसका लागि चेन्नाईसँग भिड्ने
क्रीकेटिङ्ग नेपाल     २०७६-०१-२५

इन्डियन प्रिमिएर लिग (आईपिएल) अन्तर्गत एलिमिनेटर खेलमा सनरईजर्स हैदराबादलाई दुई विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित टोली दिल्ली क्यपिटल्स दोश्रो क्वालिफायर्समामा प्रवेस गरेको छ । दिल्लीले अब फाइनल प्रवेसका लागि शुक्रबार चेन्नाई सुपर किंग्सको सामना गर्नेछ ।

जीतका लागि १६३ रनको लक्ष्य दिल्लीले १९ दशमलब पाँच बलमा आठ विकेट गुमाएर जीत हात पार्यो ।

दिल्लीको जीतमा ओपनर पृथ्वी शले ३८ बलमा सर्वाधिक ५६ तथा विकेट किपर ऋषब पन्तले २१ बलमा आक्रमक ४९ रन बनाए । शले छ चौका र दुई छक्का तथा पन्तले दुई चौका र पाँच छक्का प्रहार गरे ।

जीतका लागि अन्तिम १८ बलमा रन आवस्यक परेको अवस्थामा पन्तले बासिल थम्पीको ओभरमा दुई छक्का र दुई चौका प्रहार गर्दै दिल्लीलाई जीत नजिक पुर्याय ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिंग गरेको हैदरबादले २० ओभरमा आठ विकेट गुमाएर १६२ रन बनायो ।
हैदराबादको लागि ओपनर मार्टिन गुप्टिलले आक्रमक पारी खेल्दै १९ बलमा सर्वाधिक ३६ रन बनाएर अमित मिश्राको शिकार भए भने विकेट किपर ब्याट्सम्यान ऋद्धिमन शाहा आठ, मनिष पाण्डे ३०, कप्तान केन विलियमसन २८ रन, विजय शंकर ११ बलमा २५ रन, मोहम्मद नाबी २० रन बनाएर आउट भए ।

दिल्लीको तर्फबाट किमो पौलले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिंग गरेका पौलले ३२ रन खर्चिए । त्यस्तै दिल्लीका अन्य बलरहरुमा इशान्त शर्माले दुई तथा अमित मिश्रा र ट्रेन्ट बोल्टले समान एक-एक विकेट हात पारे । किफायती बलिंग गरेका मिश्राले चार ओभरमा १६ रन तथा शर्माले चार ओभरमा ३४ रन खर्चिए ।