क्वालिफायर्स प्रवेसका लागि सन्दिपको टोली दिल्लीलाई १६३ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-०१-२५

इन्डियन प्रिमिएर लिग (आईपिएल) अन्तर्गत एलिमिनेटर खेलमा सनरईजर्स हैदराबादले नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित टोली दिल्ली क्यपिटल्सलाई १६३ रनको लक्ष्य दिएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिंग गरेको हैदरबादले २० ओभरमा आठ विकेट गुमाएर १६२ रन बनायो ।

हैदराबादको लागि ओपनर मार्टिन गुप्टिलले आक्रमक पारी खेल्दै १९ बलमा सर्वाधिक३६ रन बनाएर अमित मिश्राको शिकार भए भने विकेट किपर ब्याट्सम्यान ऋद्धिमन शाहा आठ, मनिष पाण्डे ३०, कप्तान केन विलियमसन २८ रन, विजय शंकर ११ बलमा २५ रन, मोहम्मद नाबी २० रन बनाएर आउट भए ।

दिल्लीको तर्फबाट किमो पौलले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिंग गरेका पौलले ३२ रन खर्चिए । त्यस्तै दिल्लीका अन्य बलरहरुमा इशान्त शर्माले दुई तथा अमित मिश्रा र ट्रेन्ट बोल्टले समान एक-एक विकेट हात पारे । किफायती बलिंग गरेका मिश्राले चार ओभरमा १६ रन तथा शर्माले चार ओभरमा ३४ रन खर्चिए ।

आजको खेलमा जित हात पार्ने टोलीले फाइनल प्रवेसका लागि दोश्रो क्वालीफायर्समा चेन्नाई सुपर किंग्सको सामना गर्नेछ भने आज पराजित हुने टोली प्रतियोगितबाट बाहिरिने छ ।

आज पनि सन्दिप बेन्चमा नै

आजको खेलमा पनि दिल्लीले सन्दिपलाई बेन्चमा नै राखेको छ । यस संस्करणको आईपिएलमा दिल्लीले खेलेको १४ खेल मध्य सन्दिपले छ खेलमा मात्र शुरुवाती ११ मा स्थान बनाउन सकेका थिए भने बाँकी आठ खेलमा उनी बेन्चमा नै सिमित भए ।

छ खेलमा सन्दिपले आफ्नो नाममा आठ विकेट दर्ता गराउन सफल भएका छन् । सन्दिपले पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंगलोर बिरुद्धको खेलमा खेलेका थिए जसमा उनले ३६ रन खर्चिए भने विकेट निकाल्ने सकेनन् ।