नेपाल बिरुद्ध युएई ४१ रनमा अलआउट
क्रीकेटिङ्ग नेपाल     २०७५-११-१०

नेपाली बलरहरु हाबी हुँदा बिश्वकप छनोट, एसिया अन्तर्गत आफ्नो तेश्रो खेलमा नेपालले जितका लागि ४२ रनको लक्ष्य पाएको छ । 

टस जितेर पहिले ब्याटिंग गरेको युएईले १७ दशमलब तीन ओवरमा आफ्ना सबै विकेट गुमाएर मात्र ४१ रन बनाउन सक्यो । 

युएईलाई सस्तैमा समेट्ने क्रममा नेरी थापाले सर्वाधिक चार विकेट हात पारिन् भने सीता राना मगर, कविता कुँवर, सोनु खड्का र समान दुई दुई विकेट हात पारे । तीन दशमलब तीन ओवर बलिङ्ग गरेकी नेरीले एक मेडन सहित छ खर्चिन ।

युएईको तर्फबाट चमानी सेनेभिरत्नाले २९ बलमा एक चौकाको मद्धतमा सर्वाधिक १३ रनको पारी खेलिन् भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।