पटेल र कोल्सवाला अत्तरियाबाट खेल्ने
क्रीकेटिङ्ग नेपाल     २०७५-१०-०६

अल राउण्डर सन्नी पटेल र विकेट किपर ब्याट्सम्यान जयकिशन कोल्सवाला आगामी संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) मा सिवाईसी अत्तरियाबाट खेल्ने भएका छन् ।

पटेल र कोल्सवाला दुबैले अघिल्लो संस्करणको डिपिएलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँ गोल्डेन्सबाट खेलेका थिए । आफ्नो बाबुको निधनका कारण कोल्सवालाले एक मात्र खेल खेलेका थिए भने पटेलले आठ खेल खेल्दै ११३ रन बनाउनुको साथै १३ विकेट पनि आफ्नो नाममा दर्ता गराएका थिए ।

डिपिएल बाहेक नेपालमा आयोजना हुने एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको अनुभब लिईसकेका पटेल र कोल्सवाला बिदेशी खेलाडीहरुमा चर्चित नाम हुन् । यी दुवै खेलाडी भारतीय मुलका हुन् ।   

नेपाली रास्ट्रिय टोलीका मध्यक्रमका ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरी रणनितिक खेलाडी रहेको अत्तरिया गत संस्करणमा एलिमिनेटरमा महेन्द्रनगर युनाईटेडसँग १५ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । 

तेश्रो संस्करणको धनगढी प्रिमियर लिग माघ २६ गतेबाट फाल्गुन ११ गतेसम्म संचालन हुनेछ ।