निराश रुबिनाले भनिन्, "के पारस खड्का खेल्दा मात्र मैदानमा दर्शक आउने ?" (भिडियो सहित)
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-२६

टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा दर्शकको निकै कम उपस्थिती रहँदै आएको छ । प्राय जसो खेलमा १० जना दर्शकको उपस्थित रहेको थिएन । कति पय खेलमा त दुई तीन जना मात्र दर्शक मैदानमा महिलाहरुको खेल हेर्न आएका थिए ।

प्रतियोगिताभर मैदानमा दर्शकको उपस्थिती कम हुँदा नेपाली टोली तथा प्रदेश १ कि कप्तान रुबिना क्षेत्री निकै निराश देखिन्थिन् । “म मात्र नभएर सबै खेलाडीहरुलाई दर्शककोबीचमा खेल्ने इच्छा हुन्छ । हामीले धेरै मिहिनेत गर्दै आएको छौं तर दर्शक हाम्रो खेलमा नआउदा हामी निकै निरुत्साहित छौं । सबैलाई यो प्रतियोगिता हुदैछ भनेर थाहा भएकै हो,” रुबिनाले भनिन्।

उनले प्रतिप्रश्न गर्दै भनिन्, "के पारस खड्का खेल्दा मात्र दर्शकले मैदान भरिन पर्ने ?"

हेर्नुहोस् रुबिनाको पुरा भिडियो अन्तर्वार्ता