भरतपुरमा बैशाख २ देखि मेयर कप क्रिकेट
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-२६

भरतपुर क्रिकेट क्लबले अण्डर–१६ क्रिकेटरहरुलाई लक्षित गर्दै दोश्रो मेयर कप क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।

बैशाख २ देखि १२ गतेसम्म हुने प्रतियोगिता भरतपुरस्थिति गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमको नमुना मैदानमा हुने भएको छ । अन्तर बिद्यालय क्रिकेट प्रतियोगितामा नेपालभर बाट १८ बिद्यालयहरुले सहभागिता जनाउने आयोजक भरपुर क्रिकेट क्लबका अध्यक्ष अनिल अधिकारीले जानकारी दिए ।

क्लबको यो बार्षिक कार्यक्रम रहदै आएको छ । प्रतियोगिताको बिजयी टोलीले एक लाख र दोश्रो हुने टोलीले ५० हजार नगद प्राप्त गर्नेछन् । गौतम बुद्ध क्रिकेट रँगशालाको निर्माणमा धेरैले आलोचनात्मक रुपमा केही तत्वहरुले अग्रसरता देखाएको कारण पनि हामी त्यसलाई मत्थर पार्न यो प्रतियोगिता गर्दैछौं, अधिकारीले भने ।

चितवनलाई हामी अब अन्य प्रतियोगिताहरु पनि गर्न चाहन्छौं, यसका लागि हामीले भरतपुर महानगरपालिकासँग एक करोड माग गरेका छौं । त्यतिमा हामी कम्तिमा पनि पाँच प्रतियोगिता गर्नेछौं जसमा एक महिला क्रिकेट पनि पर्नेछ, उनले भने ।

मेयर कपको दोश्रो संस्करणमा बागमती प्रदेश क्रिकेट संघ, धुर्मुस–सुन्ली फाउण्डेशन र भरपुर नगरपालिकाको पनि सहयोग रहेको छ ।