पाकिस्तान क्रिकेट टोलीले भारत विरुद्ध ट्वान्टी ट्वान्टी शृंखला खेल्ने भएको छ ।
पाकिस्तानी मिडियाहरुका अनुसार पाकिस्तानले ट्वान्टी ट्वान्टी विश्वकप अघि आफ्नो घरेलु मैदानमा भारत विरुद्ध तीन खेलको ट्वान्टी ट्वान्टी शृंखला खेल्न लागेको हो ।
यस बर्ष भारतीय क्रिकेट टोली निकै व्यस्त रहेको छ । तर पनि उसले पाकिस्तान विरुद्ध विश्वकप अघि समय निकालेर शृंखला खेल्न लागेको हो । भारत व्यस्त भएका कारण छ दिनमा तीन वटा ट्वान्टी ट्वान्टी खेल खेल्न लागेको संचार माध्यमहरुले जनाएका हुन् ।
भारतले पछिल्लो पटक सन् २०१२-१३ मा आफ्नै घरेलु मैदानमा पाकिस्तान विरुद्ध शृंखला खेलेको थियो । उक्त पाकिस्तानको भ्रमणका क्रममा भएको दुई खेलको ट्वान्टी ट्वान्टी शृंखला १-१ को बराबरीमा टुंगिएको थियो भने पाकिस्तानले तीन खेलको एकदिवसीय शृंखला २-१ ले आफ्नो पक्ष्यमा पारेको थियो ।
त्यस पछि यी दुई टोलीले आईसीसी र एसीसीको प्रतियोगिता बाहेक खेलेका छैनन् ।
पाकिस्तानका समाचार माध्यहरुले पाकिस्तान क्रिकेट बोर्डलाई भारतलाई आमन्त्रण गर्नका लागि तयार रहन आदेश आएको भए पनि कसले दिएको भन्ने बारेमा खुलाएका छैनन् । त्यस्तै यस विषयमा पाकिस्तान क्रिकेट बोर्ड र भारतीय क्रिकेट बोर्ड दुबैले स्पस्ट केहि खुलाएका पनि छैनन् ।