भारत विरुद्धको एकदिवसीय अघि इंग्ल्यान्डलाई ठुलो धक्का
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-०९

घरेलु टोली भारत विरुद्धको एकदिवसीय शृंखला अघि इंग्ल्यान्ड टोलीलाई ठुलो धक्का लागेको छ ।

यस अघि चोटका कारण तिब्र गतिका बलर जोफ्रा आर्चर एकदिवसीय शृंखलाबाट बाहिरिएका थिए भने मध्यक्रमका ब्याट्सम्यान तथा टेस्ट कप्तान जो रुट पनि भारत विरुद्ध नखेल्ने भएका छन् । जो रुट किन नखेल्ने भएका हुन् भन्ने बारेमा इङ्ग्लिस टोलीले केहि जाकारी नदिएको भए पनि उनी इंग्ल्यान्ड फर्किसकेका छन् ।

भारत र इंग्ल्यान्ड बीचको तीन खेलको एकदिवसीय शृंखला मार्च २३, २६ र २८ तारिकमा पुणेमा खेलाइने छ ।

इंग्ल्यान्ड टोली :- ओइम मोर्गन, मोएन अली, जोनाथन बैरस्टो, साम बिलिङ्ग्स, जस बटलर, साम कुर्रान, टम कुर्रान, लियाम लिभिङस्टोन, म्याट पार्किसन, आदिल रशिद, जासन रोय, बेन स्टोक्स, रेसी टोप्ले, मार्क उड