होल्डरले घातक बलिङ गर्दा श्रीलंका १६९ रनमा सिमित
क्रीकेटिङ्ग नेपाल     २०७७-१२-०९

जेसन होल्डरले घातक बलिङ गर्दै पाँच विकेट लिए पछि घरेलु टोली वेस्ट इन्डिज श्रीलंका विरुद्धको पहिलो टेस्टको पहिलो दिन हाबी भएको छ ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ६९ दशमलब चार ओभर खेल्दै आफ्नो सबै विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो भने जवाफी ब्याटिङ गरेको वेस्ट इन्डिजले दिनको खेल समाप्त हुँदा १३ ओभर खेल्दै कुनै पनि विकेट नगुमाई १३ रन जोडेको छ र १५६ रनले पछि रहेको छ ।

श्रीलंकाको तर्फबाट ओपनर लाहिरु थिरिमानेले सर्वाधिक ७० रन बनाए । १८० बलको सामना गरेका उनले चार चौका प्रहार गरे । थिरिमाने बाहेक विकेट किपर ब्याट्सम्यान निरोशन डिकवेलाले ३२ रन बनाए भने श्रीलंकाका सात जना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

९२ रनको अवस्थामा पाँच विकेट गुमाएको श्रीलंकाको लागि थिरिमाने र डिकवेलाले ५८ रन जोड्दै आफ्नो टोलीको पारी सम्हाले पनि दुबैको विकेटको पतन पछि नौं रन जोड्दा बाँकी सबै विकेट गुमायो ।

श्रीलंकाको पारी ध्वस्त पार्ने क्रममा जेसन होल्डरले १७ दशमलब चार ओभर बलिङ गर्दै २७ रन खर्चिएर पाँच विकेट हात पारे । त्यस बाहेक किमार रोचले पनि आफ्नो नाममा तीन विकेट दर्ता गराउन सफल भए ।