नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटः जिएचसिए च्याम्पियन
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२९

नेपाल पाकिस्तान फ्रेन्डसिप ट्वान्टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले हात पारेको छ ।

पाकिस्तान दूतावासको मैदानमा शनिबार भएको फाइनलमा एन्जल्स हार्ट एकेडमीलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गर्दै जिएचसिएले छैटौं संस्करणको उपाधि हात पारेको हो ।

टस हारेर ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित २० ओभरमा अल आउट हुँदै २ सय २० रनको बिशाल योगफल खडा गर्यो । जिएचसिएका लागि हेमन्त श्रीबास्तबले शतकीय इनिङ्स खेले । उनले १०६ रन बनाए । यस्तै अशोक पौडेलले ३६ रनको योगदा दिएका थिए ।

एन्जल्स हार्टका लागि श्याम त्रिपाठीले ४ र बिपिन न्यौपानेले ३ विकेट लिए ।

पहाडजस्तो लक्ष्य सामु एन्जल्स हार्ट १७ दशमलव ५ ओभरमा १ सय १३ रनमै समेटियो । दिनेश पुनले एन्जल्स हार्टका लाग सर्बाधिक २१ रन बनाए । यस्तै बिबेक न्यौपानेले १७ रन जोडे ।

ग्रेट हिमालयको लागि सुशान्त तिमिल्सिना र अशोक पौडेलले समान ३ विकेट लिए ।