पारसको शतक
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२७

पुर्व नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले घरेलु एकदिवसीय क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । पारसले बागमती टोलीको लागि मेयर कप अन्तर्गत त्रिभुवन आर्मी क्लबबिरुद्ध आकर्षक शतक प्रहार गरेका हुन् ।

४० औं ओभरमा कुशल मल्लको पहिलो बलमा चौका प्रहार गर्दै ९९ मा पुगेका उनले चौथो बलमा सिँगल लिदै शतक पुरा गरेका हुन् । उनले १ सय २२ बलमा शतक पुरा गरेका थिए । बागमतीको पुरै इनिङ्गसलाई नै पारसले सम्हालेका थिए ।

पारसलाई ४० रनको योगफलमा हुँदा शाहब आलमको बलमा राजु रिजालले लङ्ग अफमा ड्रप गरेका थिए भने ७८ रनमा रहदा कुशल मल्लले लङ्ग अन शाहबले उनको क्याच छोडेका थिए ।

पारसले शतक पुरा गर्दा ९ चौका र दुई छक्का प्रहार गरे । पारसले पुर्वमा भएको सातौं राष्ट्रिय खेलकुदको ट्वान्टी ट्वान्टी क्रिकेटमा शतक प्रहार गरेका थिए ।