नेपालले पनि क्रिकेट खेल्छ भन्ने थाहा नै थिएनः अर्जुन कुमाल
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२६

भारत बसेर नेपालमै क्रिकेटको भविष्य खोजिरहेका युवा ब्याट्स्म्यान अर्जुन कुमालले आफुलाई नेपालले पनिं क्रिकेट खेल्छ भन्ने ज्ञान नै नभएको बताएका छन् ।

क्रिकेटिंङनेपालसँगको विशेष अन्तर्वार्ताका क्रममा अर्जुनले सन् २०१८ मा आएर बल्ल नेपालले पनि क्रिकेट खेल्छ भन्ने बारेमा थाहा पाएको पनि खुलाए।

१५ बर्षिय अर्जुनले आफु करिब छ बर्षको हुँदा बुवा तथा घरको कारणले क्रिकेट खेल्न सुरु गरे पनि लामो समय नेपाली क्रिकेट तथा नेपालबाट खेल्ने बारेमा केहि पनि ध्यान नै नभएको जनाए ।

उनले सन् २०१८ मा आयोजना भएको एसीसी अण्डर–१६ इस्टर्न रिजन अघि आफ्नो प्रशिक्षक राहुल शर्माले नेपालमा गएर अण्डर–१६ को लागि ट्रायल दिन भने पछि मात्र नेपालमा पनि क्रिकेट खेलिने बारेमा जानकार रहेको बताए ।

"अण्डर–१६ अघि राहुल दाईले नेपालमा अण्डर–१६ प्रतियोगिता शुरु हुन लागेको र त्यसका लागि पोखरा गएर ट्रायल दिन भन्नु भएपछि नेपाल आएर नेपाली क्रिकेटसँग जुडिन पुगेको थिए ," उनले बताए ।

अर्जुनले आफ्नो र आमा बाबाको सपना पुरा गर्दै नेपाली राष्ट्रिय टोलीबाट खेल्ने सपना रहेको पनि बताए ।

हेर्नुहोस् अर्जुनसँगको पुरा अन्तर्वार्ता