आर्मी मेयर कपमा ८७ रनमै अलआउट
क्रीकेटिङ्ग नेपाल     २०७७-११-२५

त्रिभुवन आर्मी क्लब मेयर कपको तेश्रो खेलमा नेपाल पुलिस क्लबबिरुद्ध ८७ रनमै अल आउट भएको छ ।

मुलपानी क्रिकेट मैदानमा सागर ढकाल र पवन शर्राफले सशक्त बलिङ्ग गर्दै संयुक्त २० ओभरमा मात्र ३४ रन खर्चदै ८ विकेट लिएपछि आर्मी ३० दशमलव १ ओभरमा ८७ रनमै अल आउट हुन पुग्यो ।

४३ रनमै आठ विकेट गुमाएको आर्मीलाई लोकेश बम र बिक्रम सोबले ४१ रनको साझेदारी गर्दै १ सय रन नजिक पुर्याएका थिए । लोकेशले तीन छक्का र दुई चौकाको मद्दतमा २४ बलमा ३२ रन बनाए भने बिक्रमले ३४ बलमा दुई छक्का प्रहार गर्दै १४ रन बनाए ।

दुवैको विकेट ललित नारायण राजबंशीले लिएका थिए । आर्मीलाई ध्वस्त बनाउने काम सागर र पवनले गरेका थिए । दोश्रो ओभरमै सागरले सोमपाल कामीलाई पेभिलियन फर्काएपछि रातिको बर्षले निकै कठिन बनाएको पिचमा आर्मी संघर्ष गर्न थालेको थियो ।

सागरले १० ओभरमा ४० रन खर्चदै पाँच विकेट लिए भने पवनले १० ओभरमा पाँच मेडनका साथ १४ रन दिएर तीन विकेट लिएका थिए । रोहित कुमार पौडेलले ४५ रनमा १३ बल बनाए । रोहितले एक छक्का हिर्काएका थिए ।