बिराटले अस्ट्रेलिया भ्रमणमा एउटा मात्र टेस्ट खेल्ने भए पछि टिकटको माग हवात्तै बढ्यो
क्रीकेटिङ्ग नेपाल     २०७७-०७-२९

अस्ट्रेलिया भ्रमणका क्रममा भारतीय क्रिकेट टोलीका कप्तान बिराट कोहलीले एउटा मात्र टेस्ट खेल्ने भए पछि पहिलो टेस्टको टिकटको माग हवात्तै बढेको छ ।

अस्ट्रेलियाका संचारमाध्यमहरुले जनाए अनुसार बिराटले एडिलेडमा हुने टेस्टमा खेल्ने भएका कारण उक्त टेस्टको लिनेहरुको संख्या बढेको हो । मेलबर्नमा क्याफे संचालन गर्ने अंगद सिंह ओबरोयका अनुसार उनले संचालन गरेकोको स्वामी आर्मी भारतीय क्रिकेट समर्थक समूहमा रहेकाहरु माझ नै टिकेटको माग धेरै रहेको जनाए ।

'पहिले हाम्रो समूहमा टिकट खोज्नेको संख्य खासै धेरै थिएन । तर जब कोहलीले पहिलो टेस्ट मात्र खेलेर भारत फर्कने भन्ने समाचार बाहिर आयो त्यस पछि उक्त टेस्टको लागि टिकट खोज्नेको मात्र बढेको छ । अहिले आएर टिकटको प्रबन्ध गर्न नै मुस्किल पर्ने देखिएको छ,' सिंहले भने ।

'अस्ट्रेलियन क्रिकेट बोर्डले एडिलेड टेस्टका लागि प्रत्येक दिन २५ हजार टिकट बेच्ने जनाएको छ । हामी २५ हजार भन्दा पनि बढी दर्शकले प्रवेस पाउन् भन्नेमा आशावादी रहेका छौं । त्यस्तै हामीले छुट्टै टिकट लिएर आफ्नो समर्थक माझ बेच्न सकौं भनेर पनि कुरा गरिरहेका छौं ।'

कोहलीकी श्रीमती अनुष्का शर्मा गर्भवती रहेकी छिन् । उनीहरुको बच्चाले जनवरीमा जन्म लिने भएका कारण बिराट आफ्नो पहिलो सन्तानको जन्मका समयमा अनुष्कासँग नै रहन चाहेका कारण उनलाई बिसीसीआईले सुत्केरी बिदा दिन लागेको हो । बिराट अस्ट्रेलियासँगको एकदिवसीय र ट्वान्टी ट्वान्टी शृंखला पछि पछिलो टेस्ट खेलेर भारत फर्कने छन् ।

विराट कोहली नेतृत्वको भारतीय टोलीले अष्ट्रेलियामा समान ३-३ एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय तथा चार म्याचको टेस्ट म्याचको शृंखला खेल्नेछ ।

भारतको भ्रमण नोभेम्बर २७ मा हुने पहिलो एकदिवसीयबाट शुरु हुनेछ । दोश्रो एकदिवसीय पनि सिड्नीमै नोभेम्बर २९ मा हुनेछ भने डिसेम्बर २ मा हुने तेश्रो खेल मनुका ओभलमा हुनेछ । यस्तै पहिलो ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय मनुका ओभलमै डिसेम्बर ४ मा हुनेछ । सिड्नीमा डेसेम्बर ६ र ८ मा दोश्रो र तेश्रो ट्वान्टी ट्वान्टी खेलहरु हुनेछन् ।

यस्तै दुई टोलीबीचको टेस्ट श्रंखला डिसेम्बर १७ देखि २१ सम्म एडिलेड ओभलमा हुनेछ । उक्त टेस्ट डे नाइटको रुपमा रहनेछ । मेलबर्न क्रिकेट ग्राउण्डमा दोश्रो टेस्ट डिसेम्बर २६ देखि ३० सम्म हुनेछ भने ८ दिनको बिश्रामपछि २०२१ जनवरी ७ देखि ११ सम्म सिड्नीमा तेश्रो टेस्टको आयोजना हनेछ । अन्तिम टेस्ट गाबामा जनवरी १५ देखि १९ सम्म खेलाइनेछ ।