मुम्बई विरुद्ध पहिले ब्याटिङ गर्दै मोर्गनको कप्तानीमा रहेको कोलकाता
क्रीकेटिङ्ग नेपाल     २०७७-०६-३०

१३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को ३२ औं खेलमा कोलकाता नाइट राईडर्सले मुम्बई इन्डियन्स विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कोलकाताका नयाँ कप्तान ओइन मोर्गनले खेलमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

मुम्बई अंक तालिकाको दोश्रो स्थानमा रहेको छ भने कोलकाता चौथों स्थानमा छ । समान ७-७ खेल खेलेका मुम्बई र कोलकाताले क्रमश पाँच र चार खेलमा जित हात पार्दा दुई र तीन खेलमा पराजित भएका छन् ।

यस अघि भएको पहिलो खेलमा मुम्बईले कोलकातालाई ४९ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा १९५ रन बनायो भने जवाफी ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै नौं विकेटको नोक्सानीमा मात्र १४६ रन बनाउन सक्यो ।

यसै बीच आज मात्र लगातार फर्म खस्कदै गएपछि दिनेश कार्तिकले कोलाकाता नाइट राइडर्सको आफ्नो कप्तानी ओइन मोर्गनलाई सुम्पिएका छन् ।

दिनेश कार्तिकले ब्याटिङ्गमा केन्द्रित हुदै टिममा थप योगदान दिनका लागि ओइन मोर्गनलाई कप्तानी हस्तान्तरण गर्ने इच्छा रहेको व्यवस्थापनलाई जानकारी दिएका थिए ।