ट्रिन्बागो विरुद्ध तेश्रो ओभरमा पनि सन्दिपको किफायती बलिङ
क्रीकेटिङ्ग नेपाल     २०७७-०५-१६

क्यारेबियन प्रिमियर लिग (सिपीएल) अन्तर्गत आफ्नो सातौं खेलमा नेपाली रास्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दिप लामिछानेले ट्रिन्बागो नाइट राईडर्स विरुद्धको खेलको आफ्नो तेश्रो ओभरमा पनि किफायती बलिङ गर्दै मात्र दुई रन खर्चिएका छन् ।

सन्दिपको पहिलो चार बलमा ट्रिन्बागो नाइट राईडर्सका ब्याट्सम्यानहरुले कुनै पनि रन लिन सकेनन् भने बाँकी दुई बलमा दुई सिंगल मात्र चोर्न सके ।

सन्दिपले यस अघि दुई ओभर बलिङ गर्दै मात्र सात रन खर्चिएर एक विकेट हात परेका थिए । पहिलो ओभरमा मात्र तीन रन खर्चिएका सन्दिपले दोश्रो ओभरमा एक विकेट सहित चार रन खर्चिए ।

जमैका तल्वाजको लागि १०औं ओभर लिएर आएका सन्दिपले आफ्नो दोश्रो ओभरको तेश्रो बलमा २५ रन बनाएका लिन्ड्ल सिमन्सलाई मुजिब उर रमानको हातबाट क्याच थमाएका हुन् ।

सन्दिपले सिपीएलको जारी सिजनमा यस अघि छ खेल खेल्दै नौं विकेट हात पारेका थिए । सेन्ट लुसिया जुक्स र ट्रिन्बागो नाइट राईडर्स विरुद्धको खेलमा महँगो साबित भए पनि सन्दिपले दुबै खेलमा समान १-१ विकेट हात पारे । सन्दिपले सेन्ट लुसिया विरुद्ध चार ओभरमा २३ रन तथा ट्रिनबागो विरुद्ध चार ओभरमा नै ३० रन खर्चिए ।

त्यस पछिका लगातार चार खेलमा सन्दिपले निकै किफायती बलिङ गर्न सफल भएका छन् । गायना एमेजन वारियर्ससँगको दुई खेल मध्य पहिलोमा आठ रन खर्चिएर दुई विकेट लिए भने दोश्रोमा १२ रन खर्चिएर एक विकेट हात पारे । त्यस्तै उनले पछिल्लो खेलमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स विरुद्ध २७ रन खर्चिएर दुई विकेट आफ्नो नाममा लेखाएका थिए ।

सन्दिपले बार्बाडोस ट्राइडेण्ट्स विरुद्ध १२ रन खर्चिएर एक विकेट हात पारेका थिए । बार्बाडोससँगको खेलको चौथों ओभरको पाँचौं बलमा चौका खाएका सन्दिपको ७५ बल पछिको पहिलो बाउन्ड्री हो । यस अघि सन्दिपको ७५ बल सम्म कुनै पनि ब्याट्सम्यानले चौका अथवा छक्का प्रहार गर्न सकेका थिएनन् ।

यस अघि खेलेका सबै छ खेल जित्दै १२ अंकका साथ ट्रिन्बागो अंक तालिकाको शिर्ष स्थानमा छ भने जमैका छ अंक सहित चौथों स्थानमा रहेको छ ।