शेन वार्नको यस्तो संघर्ष जुन धेरैलाई थाहा छैन
क्रीकेटिङ्ग नेपाल     २०७७-०४-१७

४ जुन, १९९३ लर्ड्समा अष्ट्रेलिया र इङ्गल्याण्डबीचको खेलमा बिश्वका लागि अपरिचित युवा लेग स्पिनर शेर्न वार्नले क्रिकेट इतिहासको शताब्दीकै उत्कृष्ट बल डेलिभर गरे ।

बर्षात्का कारण ओसिलो भएको पिचमा कतै–कतै मसिनो धाजा फाटेको थियो । वार्न इङ्गलिस भुमिमा आफ्नो पहिलो बलका लागि तयार भए । ओभर दि विकेट बलिङ्ग गर्दै लेग स्टम्पको धेरै बाहिर ड्रप गराएको उनको बलले दिशा बदल्दै ग्याटिङ्गको अफ स्टम्पको टुप्पोमा लाग्यो ।

ग्याटिङ्ग स्तब्ध भए, त्यो बललाई बुझ्नु अघि नै उनी बोल्ड भइसकेका थिए । यो बल दर्शनीय थियो, 'बल अफ द सेन्चुरी' नै भनिने गरि ।

सबै चकित परे । यसरी बल घुमेको कसैले देखेकै थिएनन् ।

मात्र एक बलले वार्न क्रिकेट वृत्तमा प्रत्येक घरमा स्थापित भए ।

तर दुई वर्ष अघि त्यहि बल अफ द सेन्चुरी फाल्ने युवा वार्न इङ्गल्याण्डको क्लब क्रिकेटमा संघर्ष गरिरहेका थिए । उनलाई लंकाशायर लिगको इङ्गलिस क्रिकेट क्लब एक्रिङ्गटनले अपेक्षा गरिए अनुरुप राम्रो मानेन ।

वार्न एक्रिङ्गटनमा कहिले पनि पहिलो ११ मा परेनन् । अर्का व्यवसायिक खेलाडीले अन्तिम मिनेटमा आफ्नो नाम फिर्ता लिएपछि मात्र एक्रिङ्गटनले वार्नलाई आफ्नो टोलीमा अनुबन्ध गराएको थियो ।

"एक व्यवसायिक खेलाडीले अन्तिममा आफ्नो नाम फिर्ता लिए र पहिलो खेल हुनु भन्दा अगाडी हामीले टोलीमा एक खेलाडी दर्ता नगराए लंकाशायर लिगले हामीलाई जरिवाना गराउन सक्थ्यो । त्यही कारण हामीले वार्नलाई अन्तिममा अनुबन्ध गरेका थियौ," त्यो समयका एक्रिङ्गटनका कप्तान एन्डि बार्कर सम्झन्छन् ।

इन्टरनेटको खासै प्रयोग नहुने समय भएकाले वार्न लंकाशायरमा खेल्न जाने कुरा कमैलाई थाहा थियो । इङ्गल्याण्ड झर्ने बित्तिकै धेरै खेलाडीहरुले वार्न क्रिकेट पिच भन्दा सर्फिङमा रमाउने खेलाडी सोच्थे । "बियर मन पराउने वार्नलाई यहाँ राम्रो स्वागत भएको थियो । उनी सानो बच्चा जस्ता थिए," बार्करले भने ।

तर एक्रिङ्गटनबाट खेल्नु वार्नले सोचेको जस्तो सहज भने थिएन ।

लंकाशायर पुर्वी इङ्गल्याण्डको सबै भन्दा पुरानो कपास कारखाना भएको शहर थियो । त्यहा निकै बर्षा हुन्थ्यो । वार्नले पहिलो दिनमै मौसमका कारण संघर्ष गर्नुपर्यो । विकेटहरू धेरै ओसिलो थियो र चिसो पनि, १९९१ मा एक्रिङ्गटनबाट ओपनिङ ब्याटिङ गरेका निक मार्श भन्छन् ।

उनको अष्ट्रेलियामा स्टम्प टु स्टम्प बलिङ्ग गर्ने बानी थियो । त्यहाको विकेट अत्यन्तै कडा र फ्ल्याट हुने गर्छ । तर यता हिलाम्ये पिचमा बलिङ्ग गर्दै थिए । कुनै पनि सर्ट बललाई ब्याकफुटमा प्रहार गर्न सकिन्थ्यो । लंकाशायरका खेलाडीहरु यसमा माहिर थिए । वार्नसँग नि त्यही भयो । उनले गरेका सबै सर्ट बललाई अरु टोलीका खेलाडीहरुले बाउन्ड्री कटाउन थाले र उनी ब्याटिङ्गमा पनि चलेनन् । त्यही कारण एक्रिङ्गटन पाँच मध्ये चार खेल हार्न पुग्यो ।

"पहिलो खेलमा चार नम्बरमा ब्याटिङ गर्दा म रन आउट हुन पुगे" वार्नले आफ्नो आत्मकथा नो स्पिन मा लेखेका छन् ।

"एक्रिङ्गटनको समितीले मलाई भित्र बोलायो र भन्यो, 'सुन राम्रो खेलाडी कहिले रन आउट हुँदैन । तिमीले उनीहरुलाई गलत साबित गर्नु पर्छ र तिमी जसको स्थानमा आएका छौ उसलाई जलाउनु पर्छ ।' "मैले आफ्नो तर्क राख्दै भने, 'क्रिकेटमा रन आउट भनेको सामान्य हो । म कसैलाई जलाउनको लागि क्रिकेट खेलिरहेको छैन ।'

"तर उनीहरुले मेरो एक सुनेनन् र राम्रो खेलाडी कहिले रन आउट हुँदैन भन्ने बिवादमै अडिरहे । मलाई यो बिवादले छिन्न भिन्न बनायो र मैले राम्रो बलिङ्ग पनि गर्न सकिन । बिपक्षीले मलाई नराम्ररी चुटे । मेरो लागि यो राम्रो शुरुवता थिएन ।"

खराब झनै खराब भयो जब वार्न राम्सबटमबिरुद्धको दोश्रो खेलमा डक आउट हुन पुगे । "म बोल्ड हुदा स्टम्प हावामा चक्कर खादै किपरसम्म पुगेको थियो । पेभिलियन फर्कदै गर्दा मैले सुने '’घर जाऊ प्रो, तिमी मुर्ख हौ ।'"

"मैले त्यो खेलमा बलिङ्ग पनि राम्रो गर्न सकिन । हामी नराम्ररी चुटिएपछि मैले जाडोमा अष्ट्रेलियामा फुटबल नै खेलेर बसेको भए हुने रहेछ भनेर पनि सोचे ।" वार्नले अष्ट्रेलियन रुल्स फुटबलमा राम्रै स्तरमा खेलिरहेका थिए ।

स्थानीयको टन्न कुरा सुनेपछि वार्न पेभिलियन फर्कदा बार्कर चेन्जिङ्ग रुममै थिए । "उनलाई निकै असर गरेको थियो," बार्करले सम्झिए । "वार्नले भने: 'मैले शुक्रबार मात्र उनीहरुको लागि ड्रिंक किनिदिएको थिए । मैले त केही बुझिरहेको छैन ।' उनलाई हेदै मैले भने: 'लंकाशायर लिगमा तिमीलाई स्वागत छ । बिश्वको यो भागमा यसलाई टेस्ट क्रिकेट भन्छन् ।'"

वार्नको मुड राम्रो बनाउनु पर्ने आवश्यकता देखेपछि बार्करसहित अन्य सिनियर खेलाडीहरुले उनलाई शहर घुमाउन लगे । "उनी घरमा बसिरहदा मैले वार्नलाई बाहिर घुम्दै बियर खाने प्रस्ताव राखे । मैले वार्नलाई तिमीले रमाइलो गर्नुपर्छ, जे भयो सबै बिर्सिदेउ भने ।"

लोकल कण्डिसनमा भिज्न थालेपछि वार्नले अब अगाडी उनीबाट के आउन गइरहेको छ भनेर झल्को देखाउन थालिहाले । "राम्सबटम बिरूद्धको दोश्रो लेगमा वार्नले २९ रन खर्चदै ६ विकेट लिए । त्यस पछी सबै परिवर्तन भयो," बार्करले भने ।

वार्नको लेग स्पिन चम्कन थालेको थियो । लंकाशायर लिगका धेरै जसो ब्याट्सम्यानले उनको सामना गर्न सकिरहेका थिएनन् । तर उनको बल फ्याल्ने तरिका आफ्नै टिमको लागी पनि समस्या बन्दै थियो ।

वार्नले क्लबको विकेटकीपरसँगको आफ्नो बलिङ्गका बारे सिग्नल दिदै अभ्यास गर्ने गरेका थिए । फ्लिपरका लागि दाँया खुट्टा चिलाउने र गुग्लीको लागि ढाँड चिलाउने संकेत थियो । तर म्याचहरुको दौरान भने किपरले उनको गोप्य संकेत ठम्याउन सक्थेनन् ।

"तपाईं अहिले पनि वार्नको गूग्ली समाउन सक्नु हुन्न," बार्कर भन्छन् । "एउटा खेलमा त हामीले तीन पटक किपर परिवर्तन गर्नु परेको थियो । ती मध्ये एकले आफ्नो पञ्जा तल फ्याक्दै भने म यसकोमा किपिङ्ग गर्न सक्दिन ।"

वार्न एक्रिङ्गटनको जीवनमा रमाउदै थिए। उनी शहरमा परिचित हुँदै गए । बिदेशी खेलाडीलाई चिन्न गार्हो पर्ने शहरमा वार्न निकै प्रभावशाली क्रिकेटरको रुपमा स्थापित भईसकेका थिए । "म त्यसबेला पनि बियर पिइरहेको थिए," वार्न आफ्नो पुस्तकमा लेख्छन् । "श्रीलंकामा १९९२ मा भएको विश्वकपदेखि भने मैले बियर छोडे किन कि त्यहा ब्याट्स्म्यानले अर्धशतक वा शतक र बलरले पाँच विकेट लिएको खण्डमा ह्विस्की दिइने गरिन्थ्यो ।"

वार्नसँग त्यो सिजन खेलेका पउल बराटका अनुसार उनी त्यहाको पबका दैनिक ग्राहक थिए । "वार्न त्यहाको पबमा पुगेको खण्डमा प्रायः वरिपरि राम्रो मानिस हुने गर्थे । उनी त्यहाको प्रमुख आकर्षण थिए । उनी निकै मजाकी स्वभावका थिए । त्यस समय सलाद धेरै नहुने भएकाले वार्न बियर, पिज्जा र सिमी मन पराउथे ।"

वार्नले बलिङ्गमा आफूलाई प्रमाणित गरिरहदा उनी ब्याटिङमा पनि राम्रो हुँदै गए । उनले आफूलाई एक तल्लोक्रममा प्रभाव पार्न सक्ने ब्याट्स्मयानको रुपमा स्थापित गरिसकेका थिए । तर लंकाशायरमा उनले निकै छोटो समय क्रिजमा बिताए ।

"उनको ब्याटिङ्ग खत्तम नै थियो," बार्कर हास्दै भन्छन् । "कहिलेकाही उनी आफुलाई भिभियन रिचर्ड्स सोच्थे । तर उनी थिएनन् । डिफेन्सिभ सट के हो उनलाई थाहा थिएन ।"

आफ्नो किताबमा पछि गएर ७०८ टेस्ट विकेट लिने युवा खेलाडीको अध्यय रहे पनि, एक्रिङ्गटनको छनोट समितिले वार्नलाई दोस्रो सिजन राख्न चाहेन । उनीहरूलाई ब्याट र बल दुबैमा पोख्त खेलाडी चाहिएको थियो ।

उनले १९९१ को सिजन ७३ विकेट हात पारे । उनी लिग भरी छैँटौ उत्कृष्ट बलर भए । तर उनले ब्याटिङबाट १५ को औषतमा ३२९ रन मात्र बनाए । "मैले वार्न अष्ट्रेलियाबाट खेल्ने छन् भन्दा सबैले खिल्ली उडाएका थिए । मैले भने: 'हामीसँग १९ बर्षिय यस्तो कच्चा बालक छ जो राम्रो खेलाडी बन्न सक्छ । मेरो बिचार सुन्ने हो भने एक पटक उसलाई अर्को मौका दिनुपर्छ ।'"

बार्कर सही थिए ।

वार्नलाई १९९१ कै सेप्टेम्बरमा जिम्बाब्वे भ्रमणमा गएको अष्ट्रेलिया बी टिमको लागि बोलाइयो । उनले आफैँलाई अष्ट्रेलिया ’ए’ टोलीका लागि तयार पारे । मात्र सात प्रथम श्रेणीको क्रिकेट खेलेका उनले एक बर्षपछि नै टेस्टमा डेब्यु गरे । भारत र श्रीलंकाबिरुद्ध संघर्ष गरेपनि वार्नले १९९२ को एसेज टोलीका लागि स्थान बनाएका थिए ।

वार्नले इङ्ल्यान्ड विरुद्ध माइक ग्याटिङलाई गरेको पहिलो बल नै बल अफ द सेन्चुरी हुन पुग्यो । वार्नको बल अफ द सेन्चुरी क्रिकेट समर्थकहरुको दिमागमा निकै लामो समयसम्म रहन पुग्यो । सामान्य बलरदेखि वार्नले त्यही दिन लेग स्पिन लिजेण्डको रुपमा पहिलो पाइला चालेका थिए । वार्न उक्त खेलमा दुवै इनिङ्गसमा ४–४ विकेट लिदै म्यान अफ द म्याच पनि घोषित भए ।

"मैले उनलाई त्यो रात फोन गरेको थिए । वार्नले मलाई फोनमै भने, 'तिमीले देख्यौ नि ?' बार्कर सम्झन्छन् । "उनले 'अह् त्यो अविश्वसनीय थियो । सबैकुरा एकदम राम्रो लाग्यो बाक्स ।