पाकिस्तान क्रिकेट टोलीका तीन खेलाडीमा भाइरस देखा परेको छ ।
कोरोना भएको पुष्टि भएका खेलाडीहरुमा हैदर अली, हरिस रौफ़ र शदाब खान रहेका छन् । पाकिस्तान क्रिकेट बोर्डले एक प्रेस बिज्ञप्ती जारी गर्दै तीन खेलाडीमा कोरोना संक्रमण देखा परेको जनाएको हो ।
तीन खेलाडीमा कोरोनाको कुनै लक्षण देखा नपरेको तर हिजो रावल्पिंडीमा गरिएको जांचमा मात्र कोरोना भएको थाहा भएको हो । पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरुलाई क्वारेन्टिनमा बस्न भनेको छ ।
तीन जना खेलाडी नै इंग्ल्यान्ड भ्रमणका लागि छानिएको २९ जना टोलीका सदस्य हुन् ।
यस अघि पूर्व कप्तान शाहिद अफ्रिदी र ब्याट्सम्यान तफिक उमरलाई पनि कोरोना भएको थियो ।