लामो समय पछि अभ्यासमा फर्कन पाउँदा निकै खुशी छु : पारस खड्का (भिडियो अन्तरवार्ता सहित)
क्रीकेटिङ्ग नेपाल     २०७७-०३-०१

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्काले कोरोना भाइरसका कारण लागेको लकडाउनका कारण लामो समय पछि अभ्यासमा फर्कन पाउँदा निकै खुशी भएको जनाएका छन् ।

आज टियु क्रिकेट मैदानमा अभ्यास पछि क्रिकेटिंङनेपालसँग कुरा गर्दै ओपनर पारसले पछिल्लो लामो समय ब्याटिंङ र बलिङ केहि पनि गर्न नपाएको र ८० दिन पश्चात ब्याटिंङ गर्न पाउँदै भिन्नै महसुस भएको पनि प्रतिक्रिया दिए ।

लकडाउनका समयमा आफुलाई फिट राख्न घरमा नै शारिरिक ब्यामहरु गर्ने गरेको पनि खुलाए । त्यस्तै उनले ८० दिन घरमा नै बस्दा परिवारसँग, फिल्महरु हेर्दै र पढ्दै समय बिताएको पनि जनाए ।

कोरोनाका कारण लामो समय अन्तरास्ट्रिय क्रिकेट हुने सम्भावना न्युन बन्दै गएको अवस्थामा उनले यही समयमा घरेलु प्रतियोगिता आयोजना गर्दै खेलाडीहरुलाई ब्यस्त राख्न पर्ने पनि धारणा ब्यक्त गरे ।

हेर्नुहोस् पारस खड्कासँग गरिएको कुराकानीको भिडियो