पुर्व पाकिस्तानी स्पिनर सक्लैन मुस्ताक प्रशिक्षण दिन नेपाल आउँदै
क्रीकेटिङ्ग नेपाल     २०७६-११-२५

पाकिस्तानका पुर्व अफ स्पिनर सक्लैन मुस्ताक प्रशिक्षण दिन नेपाल आउने भएका छन् ।

ग्रेट हिमालयन क्रिकेट एकेडेमीको निम्तोमा आउन लागेका मुस्ताक अप्रिल १४ देखि २१ सम्म नेपालमा रहने छन् । उनले एकेडेमीमा खेलाडीहरुलाई एक हप्ते लामो प्रशिक्षण दिनेछन् । त्यस्तै एकेडेमीले अन्य खेलाडीलाई पनि प्रशिक्षणमा सहभागिता जनाउन दिनेछ ।

पछिल्लो संस्करणको विश्वकपको उपाधि इंग्ल्यान्डले जीत्दा मुस्ताक बलिङको रहेका थिए । त्यस्तै दुश्राका जन्मदाता मुस्ताकले इंग्ल्यान्ड बाहेक न्युजिल्यान्ड, वेस्ट इण्डिज, अस्ट्रेलिया, पाकिस्तान, बंगलादेशमा पनि बलिङ प्रशिक्षकका रुपमा काम गरिसकेका छन् ।

४३ बर्षिय मुस्ताकले पाकिस्तानको तर्फबाट ४९ टेस्ट तथा १६९ एकदिवसीय खेल खेलेका थिए । उनले टेस्टमा २०८ तथा एकदिवसीयमा २८८ विकेट आफ्नो नाममा लेखाएका छन् ।

यो पनि हेर्नुहोस्

नेपाली क्रिकेट समर्थकहरुमा प्यासन छः इपिएल खेल्न लागेका टिम डेविड

नेपाली क्रिकेटः यो भन्दा तल जाने ठाँउ पनि छैन

म नेपाली क्रिकेट समर्थकहरुसँग माफी माग्न चाहान्छु : पारस खड्का

यस्तै रहे नेपाली क्रिकेट भविष्यमा नरहला भन्न सकिंदैनः सन्दिप लामिछाने