श्रीलंकासँगको ट्वान्टी ट्वान्टी शृंखलामा वेस्ट इण्डिजको क्लिन स्विप
क्रीकेटिङ्ग नेपाल     २०७६-११-२४

आन्द्रे रसेलको तुफानी पारीको मद्धतमा वेस्ट इण्डिजले घरेलु टोली श्रीलंका बिरुद्धको ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलको शृंखला माथि क्लिन स्विप गरेको छ । पहिलो खेलमा २५ रनको जीत हात पारेको वेस्ट इण्डिजले दोश्रो खेलमा श्रीलंकालाई सात विकेटले पराजित गर्दै शृंखला माथि क्लिन स्विप गरेको हो ।

जीतका लागि १५६ रनको मध्यम लक्ष्य लिएर ब्याटिंङ गर्न आएको वेस्ट इण्डिजले १७ ओभर खेल्दै तीन विकेटको नोक्सानीमा लक्ष्य पार गर्यो ।

वेस्ट इण्डिजको जीतमा खेलको म्यान अफ द म्याच र प्लेयर अफ द सिरिज घोषित आन्द्रे रसेलले १४ बलको सामना गर्दै छ छक्काको मद्धतमा ४० अविजित ४० रन प्रहार गरे । त्यस्तै समान ४३ रन बनाएका ओपनर ब्रान्डन किंग र तेश्रो नम्बरमा ब्याटिंङ गर्न आएका शिम्रोन हेट्मायरले क्रमसः २१ बलमा छ चौका र दुई छक्का तथा ४२ बलमा तीन चौका प्रहार गरे ।

यस अघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३० ओभर खेल्दै छ विकेटको नोक्सानीमा १५५ रन मात्र बनाउन सक्यो ।

श्रीलंकाको तर्फबाट दासुन शनाकाले अविजित रहँदै सर्वाधिक ३१ रन जोडे भने एन्जेलो म्याथ्युजले पनि २३ रनको पारी खेले ।