एभरेस्ट प्रिमिएर लिग (ईपीएल) अनिश्चित समयका लागि स्थगित
क्रीकेटिङ्ग नेपाल     २०७६-११-२२

आगामी मार्च १४ तारिखबाट २८ तारिख सम्म टियु क्रिकेट मैदानमा आयोजना हुने भनिएको एभरेस्ट प्रिमिएर लिग (ईपीएल) अनिश्चित समयका लागि स्थगित भएको छ ।

आयोजक एभरेस्ट प्रिमिएर लिग प्रा. ली. आज काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता सर्ने जनाएको हो । आयोजकले अब फेरी कुन मितीमा गर्ने भनेर सार्वजनिक गरेको छैन भने अर्को मिती फेरी तय गरेर सार्वजनिक गर्ने जनाएको छ ।

चीनको बुहान शहरबाट शुरु भएको कोरोना भाइरस कोभेड २०१९ अहिले विश्वका विभिन्न देशमा फैलिएको छ भने यसबाट नेपाल पनि प्रभावित भएको छ । त्यस्तै नेपाल सरकारले पनि कोरोना फैलन सक्ने भन्दै सभा समारोह लगातयत मानिसहरुको भिडभाड रहने कुनै पनि कार्यक्रम नगर्न भनेको छ ।

आयोजकले पनि फ्रेन्चाइजहरु, नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद तथा नेपाल क्रिकेट संघको सरसल्लाहमा प्रतियोगिता सार्न लागिएको जनाएको हो ।

आगामी संस्करणको ईपीएलमा वेस्ट इन्डिजका क्रिस गेल, ड्वोयन स्मिथ, सिंगापुरका टिम डेभिस, श्रीलंकाका जीवन मेन्डिस, न्युजिल्यान्डका कोरी एन्डरसन जस्ता खेलाडीको सहभागिता रहने निश्चित थियो ।