सन्दिप लामिछानेको नयाँ क्रीतिमान, मोहमद आमिरलाई पछि पारे
क्रीकेटिङ्ग नेपाल     २०७६-११-२१

नेपाली राष्ट्रिय टोलीका युवा लेग स्पिनर सन्दिप लामिछानेले एसीसी ट्वान्टी ट्वान्टी एसिया कप छनोट, ईष्टर्न रिजन अन्तर्गत थाइल्याण्ड विरुद्धको जारि खेलमा टि -ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

सन्दिपले ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेलमा २२ बल डट राख्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । सन्दिपले थाईल्याण्ड बिरुद्धको खेलमा २४ बल गर्दै २२ बल कुनै रन नदिई कीर्तिमान राखेका हुन् । सन्दीपले आफ्नो पुरा ४ ओभरमा दुई मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए।

यस अघि उक्त क्रितिमान पाकिस्तानका फास्ट बलर मोहमद आमिरको नाममा रहेको थियो । आमिरले २१ डट बल फालेका थिए। उनले यूएइविरुद्ध उनले उक्त क्रीतिमान हासिल गरेका थिए । अमिरसंगै अन्य ४ बलरले समेत उक्त उपलब्धी हासिल गरेका थिए ।

हेर्नुहोस् सन्दिपको कीर्तिमानी बलिङ