नेपालले थाइल्याण्डबिरुद्ध पहिलो बलिङ्ग गर्दै, भारीको ठाँउमा भुवन
क्रीकेटिङ्ग नेपाल     २०७६-११-२१

एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर्स अन्तर्गत थाइल्याण्डबिरुद्ध भारी अन्तरले जित्नु पर्ने खेलमा नेपालल टस हारेर पहिलो फिल्डिङ्ग गर्ने भएको छ ।

टर्डथाइ क्रिकेट ग्राउण्डमा नेपाललाई बिशाल अन्तरको जित आवश्यकता रहेको छ । नेट रनरेटको आधारमा सम्भावना कायम राख्नका लागि नेपाललाई थाइल्याण्ड मात्र नभएर अन्तिम खेलमा सिँगापुरलाई पनि फराकिलो अन्तरले हराउनु पर्नेछ ।

तर नेपालाई त्यतिले मात्र पुग्ने भन्ने छैन । रनरेटको आधारमा नेपाललाई एसिया कप क्वालिफायर्समा प्रवेश गराउनका लागि हँगकँगले पनि सिँगापुर र मलेशियालाई भारी अन्तरले हराउनु पर्नेछ । नेपालको भाग्य भने बुधबार नै हुने हँगकँग र सिँगापुरबीचको खेलले निर्धारण गर्नेछ ।

सिँगापुर, हँगकँग र मलेशियाको समान चार अंक रहेको छ । नेपालले थाइल्याण्डबिरुद्ध मात्र एक परिवर्तन गरेको छ । स्पिनर सुशन भारी श्रेष्ठको स्थानमा अर्का स्पिनर भुवन कार्की आएका छन् । भुवन पाँच बर्षपछि नेपाली राष्ट्रिय टोलीका लागि खेल्न गइरहेका हुन् ।