नेपालका लागि मल्ल जोडी ओपनिङ्ग गर्दै
क्रीकेटिङ्ग नेपाल     २०७६-११-१७

ज्ञानेन्द्र मल्ल र कुशल मल्ले एसिसि इस्टर्न रिजन क्वालिफायर्स अन्तर्गत मलेशियाबिरुद्धको खेलमा ओपनिङ्ग गर्ने भएका छन् ।

थाइल्याण्डमा जारी खेलमा नेपालले जितका लागि १ सय ५५ रनको चुनौतिपूर्ण लक्ष्य पाएको छ । सैयद अजिजले अद्र्धशतक प्रहार गरेपछि मलेशियाले पहिलो ब्याटिङ्ग गर्दै ६ विकेटको क्षतिमा १ सय ५५ रन बनाएको थियो ।

यसअघिका ट्वान्टी ट्वान्टी खेलहरुमा ओपनिङ्ग गर्दै आएका पुर्व कप्तान पारस खड्का नम्बर तीनमा ब्याटिङ्ग गर्ने भएका छन् । उनीपछि दिवेन्द्र सिँह ऐरिले ब्याटिङ्ग गर्नेछन् । शनिबारको खेलमा नेपालका लागि सन्दिप लामिछानेले सर्वाधिक तीन विकेट लिए भने अविनाश बोहोराले दुई विकेट लिएका थिए ।

सन्दिपले ओपनर विरनदिप सिँहको पहिलो किेद लिदै उनले एक सयौं विकेट पनि पुरा गरेका थिए । उनको राष्ट्रिय टोलीका लागि ट्वान्टी ट्वान्टीमा १ सय २ विकेट भएको छ ।