मलेशियाले नेपाललाई दियो १ सय ५५ रनको लक्ष्य
क्रीकेटिङ्ग नेपाल     २०७६-११-१७

एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर्स अन्तर्गत मलेशियाबिरुद्धको खेलमा नेपालले जितका लागि एक सय ५५ रनको लक्ष्य पाएको छ ।

बैंककको टर्डथाइ क्रिकेट ग्राउण्डमा टस जिति पहिलो ब्याटिङ्ग गरेको मलेसियाले सैयद अजिजको अद्र्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाउदै एक सय ५५ रन बनायो ।

सन्दिप लामिछानेले पहिलो तीन विकेट लिएपछि दवाबमा आएको मलेशियालाई सैयद र कप्तान अहमद फाइजले सम्हालेका थिए । उनीहरुले चौथो विकेटका लागि ३४ रनको साझेदारी गरेका थिए । सैयदले मलेशियालाई चुनौतिपूर्ण योगफल तर्फ धकेल्नका लागि ३५ बलमा ५१ रन बनाए ।

उनले चार चौका र दुई छक्का प्रहार गरे । यस्तै फाइजले ३० र अमिनुदिन राम्लीले २९ रन बनाए । राम्लीले १८ बलमा २९ रन बनाए । सन्दिपले शुरुवाती तीन विकेट लिएपछि सम्हालिएको मलेशियन इनिङ्गसलाई अविनाश बोहोराले एकै ओभरमा दुई विकेट लिएर दवाब कायम राखेका थिए ।

अविनाशले फाइज र र नयाँ ब्याट्स्म्यान मोहम्मद आरिफ जमाल्दिनलाई १४ औं ओभरमा दोश्रो र पाचौं बलमा बोल्ड गरेका थिए ।

चौथो विकेटका लागि सैयद अजिजसँग ३४ रनको साझेदारी गरेका फाइजले २६ बलमा ३० रन बनाए । यसअघि सन्दिप लामिछानेले तीन विकेट लिएपछि मलेशियन इनिङ्गस शुरुवातमै लड्खडएको थियो । सन्दिपले ट्वान्टी ट्वान्टी इतिहासमा नेपालका लागि एक सय दुई विकेट पुरा गरेका छन् ।

सन्दिपले ओपनर विरनदिप सिँह, मोहम्मद अनवर अरुद्दिन र खिजार हायात दुर्रानीको विकेट लिएका थिउ । तीनै जना ब्याट्स्म्यानको क्याच सन्दिप लामिछानेले लिएका थिए । राष्ट्रिय टोलीका लागि ३० विकेट लिएका सन्दिपले शनिबारको खेलमा आफ्नो पहिलो ओभरमा लगातार दुई ओभरमा दुई विकेट लिएका थिए ।

मलेशियाले १७ ओभरमा एक सय २० रन बनाएको छ ।