मलेशियाको पाचौ विकेट गयो, अविनाशलाई एकै ओभरमा दुई विकेट
क्रीकेटिङ्ग नेपाल     २०७६-११-१७

अविनाशले एकै ओभरमा दुई विकेट लिएपछि मलेशियाले नेपालबिरुद्धको एसिसि इन्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर्समा मलेशियाको पाँच विकेट लिएको छ ।

थाइल्याण्डको टर्डथाइ क्रिकेट ग्राउण्डमा सन्दिपले शुरुवाती तीन विकेट लिएपछि सम्हालिएको मलेशियन इनिङ्गसलाई अविनाशले एकै ओभरमा दुई विकेट लिएर दवाब कायम राखे । अविनाशले मलेशियन इनिङ्गस सम्हालिरहेका कप्तान अहमद फाइज नुर र नयाँ ब्याट्स्म्यान मोहम्मद आरिफ जमाल्दिनलाई १४ औं ओभरमा दोश्रो र पाचौं बलमा बोल्ड गरेका थिए ।

चौथो विकेटका लागि सैयद अजिजसँग ३४ रनको साझेदारी गरेका फाइजले २६ बलमा ३० रन बनाए । यसअघि सन्दिप लामिछानेले तीन विकेट लिएपछि मलेशियन इनिङ्गस शुरुवातमै लड्खडएको थियो । सन्दिपले ट्वान्टी ट्वान्टी इतिहासमा नेपालका लागि एक सय दुई विकेट पुरा गरेका छन् ।

सन्दिपले ओपनर विरनदिप सिँह, मोहम्मद अनवर अरुद्दिन र खिजार हायात दुर्रानीको विकेट लिएका थिउ । तीनै जना ब्याट्स्म्यानको क्याच सन्दिप लामिछानेले लिएका थिए । राष्ट्रिय टोलीका लागि ३० विकेट लिएका सन्दिपले शनिबारको खेलमा आफ्नो पहिलो ओभरमा लगातार दुई ओभरमा दुई विकेट लिएका थिए ।

मलेशियाले १७ ओभरमा एक सय २० रन बनाएको छ ।