सन्दिप लामिछानेको १ सयौं ट्वान्टी ट्वान्टी विकेट
क्रीकेटिङ्ग नेपाल     २०७६-११-१७

नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने ट्वान्टी ट्वान्टी इतिहासमा एक सयौ विकेट लिएका छन् ।

मलेसियामा जारी एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर्स अन्तर्गत मलेसियाबिरुद्धको खेलमा सन्दिपले एक सयौं विकेट लिएका हुन् ।

उनले ओपनर विरनदिप सिँहलाई पवन शर्राफको हातबाट क्याच आउद गराएका हुन् । राष्ट्रिय टोलीका लागि ३० विकेट लिएका सन्दिपले शनिबारको खेलमा आफ्नो पहिलो ओभरमा लगातार दुई ओभरमा दुई विकेट लिएका थिए ।

नयाँ ब्याट्स्म्यान खिजार दुर्रानीलाई पनि सन्दिपले पवनकै हातबाट क्याच आउट गराएका थिए । टर्डथाई क्रिकेट ग्राउण्डमा कप्तान ज्ञानेन्द्र मल्लले टस हारेपछि नेपालले पहिलो बलिङ्ग गरेको हो ।

सन्दिपले फ्रान्चाइज क्रिकेट र राष्ट्रिय टोलीका लागि गरेर विकेटमा शतक बनाएका हुन् । यस्तो गर्ने उनी पहिलो नेपाली बलर हुन् । मलेशियाले ९ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ४३ रन बनाएको छ ।