नेपाल मलेशियाबिरुद्ध पहिलो फिलिडङ्ग गर्दै
क्रीकेटिङ्ग नेपाल     २०७६-११-१७

एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर्स अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले मलेसियाबिरुद्ध पहिलो फिल्डिङ्ग गर्ने भएको छ ।

टर्डथाई क्रिकेट ग्राउण्डमा कप्तान ज्ञानेन्द्र मल्लले टस हारेपछि नेपालले पहिलो बलिङ्ग गर्ने भएको हो । नेपालले खेलमा भुवन कार्की, किशार महतो र सन्दिप जोरालाई बेञ्चमा राखेको छ ।

यसअघि भएको पहिलो खेलमा सिँगापुरले आयोजक थाइल्याण्डलाई ५९ रनले हराएको थियो । नेपालले आइतबार आफ्नो दोश्रो खेलमा हँगकँगको सामना गर्नेछ ।

नेपाली टोलीः ज्ञानेन्द्र मल्ल, पारस खड्का, दिपेन्द्र सिँह ऐरि, आरिफ शेख, बिनोद भण्डारी, पवन शर्राफ, करण केसी, सन्दिप लामिछाने, सुशन भारी श्रेष्ठ, अविनाश बोहोरा, कुशल मल्ल