दुई दिवसीय अण्डर १६ क्रिकेट लिग चैत २९ गतेदेखि
क्रीकेटिङ्ग नेपाल     २०७६-११-१६

दमक क्रिकेट क्लब र पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरले चैत २९ गतेदेखि दुई दिवसीय अण्डर १६ क्रिकेट दमक सुपर लिग आयोजना गर्ने भएको छ ।

६ टोलीको सहभागिता रहने प्रतियोगिता १५ दिनसम्म दमकमा सञ्चालन हुनेछ । सहभागि टोलीहरुलाई दुई समुहमा बिभाजन गरिएको छ भने राउण्ड रोबिन लिगपछि पहिलो स्थान हासिल गर्ने दुई टोली सिधै फाइनलमा प्रवेश गर्नेछन् ।

सहभागि टोलीहरुमा पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टर, सुन्सरी जिल्ला क्रिकेट संघ, बिराटनगर क्रिकेट क्लब, ग्रेट हिमालय क्रिकेट एकेडेमी, ओसिस क्रिकेट एकेडेमी रहेका छन् । अर्को टोलीको सहभागित हुन निश्चि हुन बाकी रहेको छ ।

प्रतियोगिता सफलतापुर्वक आयोजना गर्नका लागि हामी दमक नगरपालिकासँग समन्वय गरिरहेको छौं । हामी प्रतियोगितामा कुनै कमि नछोड्नेमा निश्चिन्त छौं, दमक क्रिकेट क्लबका अध्यक्ष अबिस खनालले बताए ।

प्रतियोगिता संयोजक रोशन धितालले पुर्व राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले प्रतियोगिता प्रबद्र्धनका लागि सद्भावना दुत रहने जानकारी दिए । प्रतियोगितालाई सफ्टवेर डेभ्लोभमेन्ट कम्पनी सन्बीले मुख्य प्रायोजन गरेको छ । पोखरा प्रिमियर लिग टोली बुटवल ब्लास्टर्सले पनि प्रतियोगिताको प्रबद्र्धन गर्नेछ ।

आयोजकका रुपमा हामीले खेल अवधि भर १५ दिन आउने प्रत्येक दर्शकको उपस्थितीमा एक रुपैया धुर्मुस सुन्तलीको परियोजना गौतब बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रँगशालाको लागि सहयोग गर्नेछौं, पेट्रियोटिकका सचिव दिपेश रिमालले बताए ।

यस्तै रँगशाला परियोजनाका लागि कोष खडा गर्नका लागि प्रतियोगिता दौरान चन्दा पनि उठाइनेछ । हामी प्रतियोगिता आयोजनाका लागि नै निकै उत्साहित छौं । नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता राष्ट्र भएकोले हामीलाई लामो दिनका क्रिकेटहरुको आवश्यकता रहेको छ । हामी आफै यो प्रतियोगिता आयोजना गर्न पाउदा गौरवान्वित महसुस गरिरहेका छौं,्र धितालले बताए ।