डेविड वार्नर हैदरावादको कप्तान नियुक्त
क्रीकेटिङ्ग नेपाल     २०७६-११-१६

आगामी संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) को लागि सनराईजर्स हैदरावादले अस्ट्रेलियाका ओपनर डेविड वार्नरलाई कप्तान नियुक्त गरेको छ ।


हैदरावादले केन विलियमसनलाई कप्तानबाट हटाउँदै वार्नरलाई कप्तानीको जिम्मेवारी दिएको हो । यस अघि वार्नरले सन् २०१८ र १९ को संस्करणमा हैदरावादको कप्तानी गरेका थिए । सन् २०१८ को संस्करणमा वार्नरलाई बल टेम्परिङ्का कारण आईपीएल खेल्नबाट प्रतिबन्ध लगाए पछि विलियमसनले कप्तानी गरेका थिए ।

वार्नरले सन् २०१५ देखि २०१७ सम्मको तीन संस्करणमा कप्तानी गरेका थिए भने सन् २०१६ मा हैदरावादलाई आईपीएलको उपाधि दिलाएका थिए ।
वार्नरले हैदरावादको लागि ४५ खेलमा कप्तानी गर्दै २६ खेलमा जीत दिलाएका थिए भने विलियमसनले २६ खेल मध्य १४ मा जीत दिलाएका थिए ।

यस संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) मार्च २९ तारिखबाट शुरु हुँदैछ ।