आईपीएल मार्च २९ बाट शुरु हुने
क्रीकेटिङ्ग नेपाल     २०७६-११-०४

आगामी संस्करणको इन्डियन प्रिमिएर लिग (आईपीएल) मार्च २९ तारिखबाट शुरु हुने भएको छ ।

यस पटकको आईपीएलको उद्घाटन खेलमा दिफेंडिंग च्याम्पियन मुम्बई इन्डियनले आफ्नो घरेलु मैदान वानखेड़े रंगशालामा उपविजेता चेन्नई सुपर किंग्सको सामना गर्नेछ । गत संस्करणको फाइनलमा मुम्बईले चेन्नई माथि दुई विकेटको रोमान्चक जीत हात पार्दै उपाधि चुमेको थियो ।

यस पटक ५० दिन सम्म आईपीएल सन्चाल हुनेछ । गत बर्ष सम्मको संस्करणमा ४४ दिनको रहेको थियो भने यस पटक हुने आईपीएल गत संस्करण भन्दा सात दिन बढी चल्ने छ ।

समुह चरणको अन्तिम खेल रोयल च्यालेन्जर्स बेंगलोर र मुम्बई बीच बेंगलोरमा हुनेछ भने प्रतियोगिताको फाइनल खेल मे २४ तारिखमा खेलाइनेछ ।