नेपालको घातक बलिङ्ग, सन्दिप र भारीले लिए पाँच विकेट
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२९

लेग स्पिनर सन्दिप लामिछानेले तीन र बाया हाते स्पिनर सुशन भारीले दुई विकेट लिएपछि नेपालले आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गत अमेरिकाबिरुद्धको खेलमा उत्कृष्ट शुरुवात गरेको छ ।

टस हारि पहिलो बलिङ्ग गरेको नेपालको सन्दिपले एकै ओभरमा दुई सहित कुल तीन विकेट लिएका छन् । सन्दिपले आफ्नो पहिलो ओभरमै सफलता दिलाएका हुन् । यसअघिको खेलमा ७० रन बनाउदै घातक साबित भएका इयन होल्याण्डलाई स्लिपमा पुर्व कप्तान पारस खड्काको हातबाट क्याच आउट गराएका हुन् ।

अमेरिकाले बुधबारको खेलमा ओपनिङ्ग जोडीमा परिवर्तन ल्याएको थियो । होल्याण्डले जेभियर मार्सलसँग इनिङ्गसको शुरुवात गरेका थिए । मार्सललाई सुशन भारीले आफ्नो पहिलो ओभरमै स्लिपमै क्यचा आउट गराएका थिए । मार्सलले २२ बलमा १६ रन बनाए ।

सन्दिपले आफ्नो चौथो र टिमको आठौं ओभरमा मोनांक पटेललाई शुन्यमै बोल्ड गरेका थिए । अर्को ओभरमा भारीले आरोन जोन्सलाई बोल्ड गरेका थिए ।

नेपालले खेलका लागि एक परिवर्तन गरेको छ । यसअघि ओमानबिरुद्धको खेलमा डेब्यु गरेका कमल सिँह ऐरिको स्थानमा बाया हाते स्पिनर ललित नारायण राजबंशी आएका छन् ।

ललितले लिग टुमै डेब्यु गरेका हुन् । उनले यसअघि प्रतियोगितामा एक खेल पनि खेलेका थिएनन् । नेपालले आफ्नो दोश्रो खेलमा अमेरिकालागि ४५ रनले पराजित गरेको थियो । नेपालले एक पटक फेरि सुभाष खकुरेल र ज्ञानेन्द्र मल्ले ओपनिङ्ग गर्ने भएका छन् ।

करण केसी बुधबारको खेलमा एक मात्र फास्ट बलरको रुपमा रहेका छन् ।