नेपाल अमेरिकाबिरुद्ध पहिलो बलिङ्ग गर्दै, कमलको स्थानमा ललित
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२९

नेपालले आईसिसि क्रिकेट बिश्वकप लिग अन्तर्गतको खेलमा टस हारि पहिलो बलिङ्ग गर्ने भएको छ ।

ओमानबिरुद्धको दुवै खेलमा पराजित भएको नेपालले बुधबारको खेलका लागि एक परिवर्तन गरेको छ । यसअघि ओमानबिरुद्धको खेलमा डेब्यु गरेका कमल सिँह ऐरिको स्थानमा बाया हाते स्पिनर ललित नारायण राजबंशी आएका छन् ।

ललितले लिग टुमै डेब्यु गर्न गइरहेका हुन् । उनले यसअघि प्रतियोगितामा एक खेल पनि खेलेका थिएनन् । नेपालले आफ्नो दोश्रो खेलमा अमेरिकालागि ४५ रनले पराजित गरेको थियो । नेपालले एक पटक फेरि सुभाष खकुरेल र ज्ञानेन्द्र मल्ले ओपनिङ्ग गर्ने भएका छन् ।

करण केसी बुधबारको खेलमा एक मात्र फास्ट बलरको रुपमा रहेका छन् ।

अफगानिस्तान फुटबल प्रतियोगिताका लागि नेपाल नआउने

नेपालमा आयोजना हुन गइरहेको चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा अफगानिस्तानले आफू सहभागि नहुने स्पष्ट गरेको छ ।