अद्र्धशतकीय साझेदारीपछि पारस पेभिलियन फर्के
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२६

आईसिसि क्रिकेट बिश्वकप लिग टुमा नेपालले ओमानबिरुद्धको दोश्रो खेलमा दोश्रो विकेट गुमाएको छ ।

निकै नै आकर्षक खेलिरहेका पुर्व कप्तान पारस खड्काले मोहम्मद नदिमको बलमा सन्दिप गउडलाई सजिलो क्याच थमाएका थिए । पारसले ३४ बलमा छ चौका र एक छक्काको मद्दतमा ३८ रन बनाए । पारस र ज्ञानेन्द्रले दोश्रो विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए ।

ज्ञानेन्द्र अद्र्धशतक नजिक पुगेका छन् । पारस आउट भएकै ओभरमा नेपालले दिपेन्द्र सिँह ऐरिलाई पनि गुमाएको थियो । दिपेन्द्र लगातार दुई खेलमा डक आउट भएका छन् । ओमानका लागि तीन वटै विकेट नदिमले लिएका छन् ।

ज्ञानेन्द्रलाई अहिले आरिफ शेखले साथ दिइरहेका छन् । नेपालले २४ ओभरमा १ सय ८ रन बनाएको छ । त्रिवि मैदानमा टस हारि पहिलो ब्याटिङ्ग गरेको नेपालका लागि ओपनर सुभाष खकुरेल र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए ।

४२ बलको सामना गरेका सुभाषले २२ रन बनाएका थिए ।