नेपालको पहिलो विकेट गयो, ४८ रनको साझेदारीपछि सुभाष आउट
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२६

आईसिसि क्रिकेट बिश्वकप लिग टुमा नेपालले ओमानबिरुद्धको दोश्रो खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।

त्रिवि मैदानमा टस हारि पहिलो ब्याटिङ्ग गरेको नेपालका लागि ओपनर सुभाष खकुरेल पेभिलियन फर्किएका थिए । दुई ब्याट्स्म्यानले नेपालको लागि एकदिवसीय अन्तर्राष्ट्रियको सबैभन्दा ठूलो साझेदारी दिनबाट चुकेका थिए ।

नेपालको पहिलो विकेटको लागि सबैभन्दा ठूलो साझेदारी अनिल साह र ज्ञानेन्द्र मल्लको रहेको छ । उनीहरुले पहिलो विकेटका लागि नेदरल्याण्ड्सबिरुद्ध ५८ रन जोडेका थिए । ४२ बलको सामना गरेका सुभाषले २२ रन बनाएका थिए ।

ज्ञानेन्द्रले नेपालका लागि तीन चार चौका र एक छक्का प्रहार गरिसकेका छन् । उनलाई अहिले पुर्व कप्तान पारस खड्काले साथ दिइरहेका छन् ।