नेपालको ओपनिङ्गमा सुभाष र ज्ञानेन्द्र, कमलको डेब्यु
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२६

आईसिसि क्रिकेट बिश्वकप लिग टुमा नेपालले ओमानबिरुद्धको दोश्रो खेलमा संयमित ब्याटिङ्ग गरिरहेको छ ।

अमेरिकालाई ४५ रनले पराजित गरेको नेपालले आइतबारको खेलका लागि एक परिवर्तन ल्याएको छ । अविनशा बोहोराको स्थानमा युवा फास्ट बलर कमलसिँह ऐरि आएका छन् । कमलले सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।

नियमित रुपमा अण्डर १९ टोलीमा खेल्दै आइरहेका कमल ब्याटिङ्ग पनि गर्न सक्छन् । अविनशले पहिल्लो दुई खेलमा विकेट लिन सकेका थिएनन् । नेपाल पहिलो खेलमा ओमानसँग १८ रनले पराजित भएको थियो । नेपालले पहिलो ६ ओभरमा विकेट नगुमाई १८ रन बनाएको छ ।

सुभाष र ज्ञानेन्द्रले समान ९ रन बनाएका छन् ।