पारसको स्लिपमा उत्कृष्ट क्याच, भारीलाई दोश्रो विकेट
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२५

पुर्व कप्तान पारस खड्काले स्लिपमा उत्कृष्ट क्यच लिएपछि नेपालले आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गत आफ्नो दोश्रो खेलमा अमेरिकाको ६ विकेट लिएको छ ।

त्रिवि मैदनमा जितका लागि १ सय ९१ रन पछ्याइरहेको अमेरिकालाई नेपालले २७ रनमै पाँच विकेट लिदै दवाबमा राखेको थियो । इयान हल्याण्ड र करिमा गोरेले २३ रनको साझेदारी गरिहदा पारसले प्रतियोगिताकै सम्भवत उत्कृष्ट क्याच लिएका थिए ।

सुसन भारीको बलमा गोरेको एज लागेर विकेट किपर बिनोद भणडरीलाई बलले छुटाएपनि पारसले उत्कृष्ट ढंगले समाएका थिए । नेपालका लागि भारीसहित करण केसी र सन्दिप लामिछानेले पनि दुई–दुई विकेटका लिएका छन् ।

करण र सन्दिप १३ रनमा चार खेलाडीलाई पेभिलियन फर्काएपछि अमेरिका स्तब्ध बनेको थियो । केही सम्हालिएर खेलेपछि पहिलो ओभर लिएर आएका सुसन भारीले पहिलो बलमै विकेट लिएका थिए । शान्दार डेब्यु गर्दै ओमानबिरुद्धको खेलमा १० ओभरमा १४ रनमात्र खर्चिएर तीन विकेट लिएका भारीले अक्षय होमराजलाई विकेटकिपर बिनोद भण्डारीको हातबाट क्याच आउट गराएका थिए ।

ओपनर आरोन जोन्सलाई सन्दिपले चौका खाएको अर्को बलमै एलबिडब्लु धरापमा पारेका थिए । आफ्नो दोश्रो ओभरमा करणले स्टेभन टेलरलाई शुन्यमै पेभिलियन फर्काए । तेश्रो ओभरको अन्तिम बलमा करणले जेभियर मार्सललाई पनि दुई रनमा विकेट पछाडी बिनोद भण्डारीको हातबाट क्याच आउट गराएका थिए ।

नेपालले खेलमा कुशल मल्लको किर्तिमानी एकदिवसीय अन्तर्राष्ट्रिय अद्र्धशतक र बिनोद भण्डारीको ५९ रनको मद्दतमा ४९ दशमलव दुई ओभरमा अल आउट हुदै १ सय ९० रन बनाएको थियो । ४९ रनमा पाँच विकेट गुमाएको नेपाललाई कुशल र भण्डारीले ८४ रनको साझेदारी गर्दै सम्मानजनक योगफलतर्फ धकेलेका थिए ।

कुशलले ५१ ब्लमा ५० रन बनाएका थिए । उनले तीन छक्का र चार चौका प्रहार गरेका थिए । भण्डारीले छ चौका र एक छक्का प्रहार गरे । अमेकिाका लागि क्यामरुन स्टेभेन्सनले तीन विकेट लिएका थिए भने रस्टी थेरोन र सौरभ नेत्रवाल्करले पनि दुई–दुई विकेट लिएका थिए ।