अमेरिकाबिरुद्ध नेपाल पहिलो ब्याटिङ्ग, नेपालको दुई परिवर्तन
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-२५

आईसिसि क्रिकेट बिश्वकप लिग टु अन्तर्गत अमेरिकाबिरुद्धको खेलमा नेपालले टस हारि पहिलो ब्याटिङ्ग गर्ने भएको छ ।

त्रिवि क्रिकेटमा अमेरिकाले टस जितेपछि पहिलो फिल्डिङ्ग गर्ने निर्णय लिएको हो । नेपालले आजको खेलमा दुई परिवर्तन ल्याएको छ । शरद भेषावकरको स्थानमा सुबाष खकुरले आएका छन् भने रोहित कुमार पौडेलको स्थान कुशल मल्लले लिएका छन् ।

ओमानबिरुद्धको खेलमा चोटले संघर्ष गरेका शरदलाई १० दिनको बिश्राम गर्न सल्लाह दिइसकेको थियो । १८ रनले पराजित भएको ओमानबिरुद्धको खेलमा शरदले ५५ रन बनाएका थिए । रोहित ओमानबिरुद्ध डक आउट भएका थिए ।

नेपाललाई शनिबारको खेलमा जित आवश्यक रहेको छ । अमेरिका लिग टुको अंक तालिकामा रनरेटका आधारमा १२ अंकसहित पहिलो स्थानमा रहेको छ । नेपालले दोश्रो खेल खेलिरहेको हो ।