न्युजिल्यान्ड बिरुद्ध भारत : भारत पहिले ब्याटिंङ गर्दै
क्रीकेटिङ्ग नेपाल     २०७६-१०-१९

घरेलु टोली न्युजिल्यान्ड बिरुद्धको पाँचौं तथा अन्तिम अन्तिम ट्वान्टी ट्वान्टी खेलमा भारतले पहिले ब्याटिंङ गर्ने भएको छ । माउन्ट मौनगानुइमा हुने खेलमा भारतका कप्तान रोहित शर्माले टस जीतेर पहिले ब्याटिंङ गर्ने निर्णय गरेका हुन् ।

भारतले आजको खेलमा आफ्नो नियमित कप्तान बिराट कोहलीलाई बिश्राम दिएको छ । त्यस्तै अघिल्लो खेलमा पनि बायाँ काँधमा चोट लागेका कारण बिश्राममा रहेका न्युजिल्यान्डका कप्तान केन विलियमसन आजको खेलमा पनि खेल्न नसक्ने भएका छन् ।

पाँच खेलको शृंखलामा पाहुना टोली भारत ४-० ले अघि रहेकाले गर्दा आजको खेल जीत्दै क्लिन स्विप गर्ने दाउमा हुनेछ भने न्युजिल्यान्ड सान्त्वना जीतको खोजीमा हुनेछ ।

पहिलो ट्वान्टी ट्वान्टी खेलमा २०४ रनको विशाल लक्ष्य छ विकेटले तथा दोश्रो ट्वान्टी ट्वान्टीमा १३३ रनको लक्ष्य सात विकेटले भारतले आफ्नो पक्ष्यमा पारेको थियो । त्यस्तै बाँकी दुई खेलमा न्युजिल्यान्ड सुपर ओभरमा पराजित भएको थियो ।